सुलभ अग्रवाललाई सम्पत्ति सुद्धीकरण विभागले तारेखमा छोड्यो
थर्मल गन कालोबजारीको आरोपमा प्रहरी नियन्त्रणमा परेका सुलभ अग्रवाललाई सम्पत्ति सुद्धीकरण विभागले तारेखमा छाडेको छ ।
शंकर ग्रुपका सञ्चालक समेत रहेका अग्रवाललाई सम्पत्ति सुद्धीकरण विभागले विहीबार तारेखमा छाडेको हो । जिल्ला अदालत, काठमाडौंले अग्रवाललाई बिहीबार नै २५ लाख ५० हजार धरौटीमा छाडेको थियो ।

तर, अदालत परिसरबाटै प्रहरीले अग्रवाललाई नियन्त्रणमा लिएर सम्पत्ति शुद्धीकरण विभागमा बुझाएको थियो ।
विभागले अग्रवालसँग बयान लिएर लकडाउनपछि अनुसन्धान गर्ने गरी छाडेको विभागले जनाएको छ । गत चैत २५ गते थर्मल गन कालोबजारीको आरोपमा अग्रवाल काठमाडौंको नक्सालबाट प्रहरी नियन्त्रणमा परेका थिए ।