सुस्तामा र प्रतापपुरमा गरियो ५० जनाको स्वाब संकलन

श्याम थापा –
नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका र प्रतापपुर गाउँपालिकाको क्वारेन्टाइनमा बसेकाहरुको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको छ।
जिल्ला जनस्वास्थ्य कार्यालय नवलपरासीको समन्वयमा,सुस्ता र प्रतापपुर गाउँपालिकाको आयोजनामा भएको स्वाब परिक्षणमा सुस्ता गाउँपालिकामा २५ जना र प्रतापपुर गाउँपालिकामा २५ जनाको गरि ५० जनाको स्वाब(पिसिआर) परिक्षणका लागि राष्टिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाएको छ ।
स्वाब (पिसिआर) परिक्षण कार्यक्रममा जिल्ला जनस्वास्थ्य नवलपरासीका जनस्वास्थ्य प्रमुख गौरव ढकाल,स्वास्थ्य शाखा संयोजक सुस्ताका निर्मला कुशवाहा,स्वास्थ्य शाखा संयोजक प्रतापपुरका ऋषिदेव चौधरी,कालिका स्वावलम्बन सामाजिक केन्द्र कपिलवस्तु संस्थाबाट श्याम बुचा मगर,क्वारेन्टाइन सुस्ताका प्रमुख भागिरथी भेडिहार र रामनगर प्रहरी चौकी पक्लिहवाका इन्चार्ज जनक थापा लगायतको सहभागिता रहेको थियो ।
स्वाब परिक्षणका लागी पठाएको स्वाबको पिसिआर रिपोर्ट नआदा सम्म सम्बन्धित ब्यक्तिहरु क्वारेन्टाइनमा रहने र रिपोर्ट नेगेटिभ आए मात्र स्वाब परिक्षण गरेका ब्यक्तिहरुलाई घर फिर्ता पठाइने जिल्ला जनस्वास्थ्य नवलपरासीका प्रमुख गौरव ढकालले जानकारी बताएका छ्न ।