इन्द्रबहादुर दराइ बचाउ अभियानमा सहभागी हुन सबै संघसंस्थालाई अपिल




नबराज घिमिरे –

चितवन – पूर्वी चितवनको कालिका नगरपालिका-७ स्थायी बसोबास गर्दै आएका ३९ बर्षीय इन्द्रबहादुर दराई बिगत २ महिनादेखि क्यान्सर रोगबाट पीडित छन् ।




परिवारमा सबै जना इन्द्रबहादुरकै कमाइमा आश्रित रहदै आएका र परिवारको आर्थिक अबस्था पनि निकै कमजोर भएको कारणले कालिका नगरपालिका-७ का युवाहरुले पीडितको उपचारको लागि “इन्द्रबहादुर दराई बचाउ अभियान” सुरु गरेका छन् ।
स्थानीय युवाहरुले संचालन गरेको उक्त अभियान मार्फत आजसम्म ७०,२३० रुपैयाँ संकलन भैसकेको र उक्त रकम पीडित परिवारलाई हन्तान्तरण गरिसकीएको छ ।

आजसम्म संकलन गरिएको रकमले इन्द्रबहादुरको उपचारमा पर्याप्त नहुने भएकाले स्थानीय युवाहरुको अगुवाइमा इन्द्रबहादुर बचाउ अभियान सुरु गरि विभिन्न संघ संस्थाहरुलाइ सहयोग गर्नका लागि अपिल गरिएको छ । लकडाउनका कारण सहयोग जुटाउन अन्यत्र जान नसकिएको र स्थानीय स्तरमा मात्रै सहयोग जुटाउनु पर्ने बाध्यता रहेकाले सोचेजती रकम संकलन हुन नसकेको उक्त अभियानका अभियन्ता दिवश मगरले जानकारी गराए ।

सगुनटोलबाट बिदेश गएका कयौं युवाहरुले लकडाउन सकिना साथ सहयोग रकम उपलब्ध गराउने वचन दिएको पनि उनको भनाइ छ । तत्काल उपचारका लागि नै निकै कठिन परीस्थिति सृजना भएका कारण अभियन्ता दिवश मगरको मोबाइल नम्बर ९८५५०८०५८६ मा सम्पर्क गरी सहयोग जुटाइ दिनका लागि इन्द्रबहादुर दराइ बचाउ अभियानले आह्वान समेत गरेको छ ।



सम्बन्धित
Loading...