बाँके र रुपन्देहीमा भेटिए कोरोना संक्रमित, संक्रमितको संख्या ५९ पुग्यो


नेपालमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रुपन्देही र बाँके जिल्लामा कोरोना भाइरस (कोभिड–१९) का संक्रमित भेटिएका हुन् ।



रुपन्देहीका २५ वर्षीय र बाँकेका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार दुबैको अवस्था सामान्य छ ।
यससँगै नेपालमा कुल संक्रमितको संख्या ५९ पुगेको छ ।



सम्बन्धित
Loading...