देवचुलीका पत्रकारहरूलाई स्वास्थ्य सामग्ररी वितरण


नवलपुरको देवचुली नगरपालिकामा रहेका श्रमजिवी पत्रकार एंव संचारकर्मीहरुलाई नगरभित्रका विभिन्न संघ संस्थाले पोशाक सहितका स्वास्थ्य सामाग्री वितरण गरेका छन् ।



बिश्वसँगै नेपालमा बढ्दै गरेको कारोना संक्रमणको जोखिम न्युनिकरणमा नगरभित्रको देवचुली उद्योग वाणिज्य संघ, प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था, जागृती बाल तथा युवा सरोकार नेपाल लगायतका संस्थाले प्रेश जकेट, एन ९५ माक्स, सेनिटाईजर, पञ्जा, सर्जिकल माक्स लगायतका सामाग्री देवचुली नगरपालिकामार्फत वितरण गरेका हुन् ।




देवचुली उद्योग वाणिज्य संघद्वारा १२ संचारकर्मीलाई प्रेश जकेट, प्रगतिनगर खानेपानि तथा सरसफाई उपभोक्ता संस्थाद्वारा सेनिटाईजर, पञ्जा, सर्जिकल माक्स उपलब्ध गराईएको थियो भने जागृति बाल तथा युवा सरोकार नेपालद्धारा १५थान एन् ९५ माक्स वितरण गरिएको छ ।

साथै देवचुली नगरपालिकाले कोरोना संक्रमणको जोखिम समयमा काममा खटिएका नगरभित्रका संचारकर्मीलाई आउँदो आईतवार आरडिटी परिक्षण गर्ने समेत देवचुली नगरपालिका प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद भुसालले बताए।

स्वास्थ्य सुरक्षा सामाग्री बितरण गर्दै प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष खिमानन्द भुसालले संचारकर्मीको योगदानलाई सम्मान गर्दै हर समय ब्यक्तिगत र संस्थागत रुपमा सहयोग गर्न तयार रहेको बताए।



सम्बन्धित
Loading...