पूर्वी नवलपरासीमा मदिरा बरामद गरी नष्ट




शोभा जिसी –
नवलपुर । पूर्वी नवलपरासीमा प्रहरीले ६ सय ५० लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ ।
इलाका प्रहरी कार्यालय रजहरबाट खटिएको गस्ती टोलीले नवलपरासीको देवचुली नगरपालिका १७ फारम चोकमा बजारतर्फ ल्याउँदै गरेको अवस्थामा ६ सय ५० लिटर मदिरा बरामद गरेको हो ।
प्रहरी देखेपछि मदिरा ल्याउनेहरु मदिरा छाडेर भागेको प्रहरीले जनाएको छ । बरामद मदिरा स्थानीय जनप्रतिनिधिको रोहबरमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीषक मोहनबहादुर खाँणले बताए ।



सम्बन्धित
Loading...