पश्चिम नवलपरासीका शंकास्पद १५२ जनाको कोरोना रिपार्ट नेगेटिभ

नवलपरासी बैशाख २० –
पश्चिम नवलपरासीमा १ सय ५२ जनाको थ्रोड स्वाव परिक्षण भएकोमा सवैको नतिजा नेगेटिभ आएको छ । ५५ जनाको भने परिक्षण रिपोर्ट आउन बाँकी रहेको छ ।
जिल्लाका ७ वटै स्थानिय तहमा संकलन गरिएको स्वावको काठमाण्डौ स्थित राष्ट्रिय जनस्वास्थय प्रयोगशाला टेकुमा परिक्षण भैरहेको छ । हाल सम्म सुनवल नगरपालिकामा ३७, बर्दघाट नगरपालिकामा ४, रामग्राम नगरपालिकामा २५, पाल्हिनन्दन गाउँपालिकामा ३६, प्रतापपुर गाउँपालिकामा २५ र सुस्ता गाउँपालिकामा २५ जनाको स्वाव परिक्षणको रिपोर्ट आईसकेको छ । परिक्षण भएका कसैमा पनि कोरोनाको संक्रमण देखिएको छैन ।
अव बर्दघाट नगरपालिकाका ३० जना र सरावल गाउँपालिकाका २५ जनाको रिपोर्ट आउन बांकी रहेको जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका प्रमुख गौरभ ढकालले बताउनुभएको छ ।
अहिले सातवटै स्थानिय तहमा रहेका क्वारेन्टाईनमा १ सय २९ जना रहेका छन् । क्वारेन्टाईनमा बस्नेमा सवैभन्दा बढि रामग्राम नगरपालिकामा ३१ जना र सवैभन्दा कम पाल्हिनन्दनमा ९ जना रहेका छन् । बर्दघाट नगरपालिकामा भने कवारेन्टाईनमा बसेका सवै घर फर्किएपछि एक जना पनि क्वारेन्टाईनमा रहेका छैनन् ।