प्राविधिक शिक्षा र यसको पहुँच

सिसम पाण्डे –
मानवीय जीवनमा समस्या आइर्हन्छ । प्रतेक समस्या ले सुनौलो समाधान बोकेर ल्याउछ । हरेक समस्यामा अवसरको खोजी गरिन्छ । हाल बिश्वभर कहाली बनाउदै गयको कोरोनाले स्वाभाविक रूपमा धेरै क्षेत्र डामाडोल पारेको छ । विश्वव्यापी कोरोना महामारीले शिक्षा क्षेत्रलाई सबैभन्दा बढी प्रभाव पारेको छ । हाम्रो देशको शैक्षिक पात्रो अनुसार यो परिवेशमा शैक्षिक सत्रको अन्त्य संगै नयाँ शत्र सुरु हुने समय भएकोले बिध्यालयका १ कक्षा देखि ९ कक्षा सम्मको परीक्षा सबैजसो सकिएपनि एस ई ई परीक्षा भने सुरु हुन सकेन ।
त्यस्तै कलेज र सो भन्दा माथिका सबै जसो बिश्व बिद्यालयका विद्यार्थीहरुलाई यो महामारीले नराम्रओ सङ्ग असर गरेको छ । तर हामिले यो अवस्था लाई सकारात्मक बनाउन प्राविधिक साधन र ज्ञान को प्रयोग गर्न तर्फ लाग्न र पाइला चाल्न सक्छौ । आजको यस लेखमा मैले यसले पारेको असर भन्दा पनि शैक्षिक क्षेत्रमा प्रयोगमा ल्याउन लागिएको प्रविधिको विषयमा कलम चलाउने जमर्को गरेको छु । समग्र विश्वको मूल्यांकन गर्ने हो भने हामी नेपाली हरु अन्यका तुलनामा कम अध्ययनशील छौं । हामीले अध्ययन लाई रुचि भन्दा पनि बाध्यताको रूपमा लिएका छौं । प्रविधिले विश्व जगतमा ठूलो फड्को मारिसकेको छ । व्यस्त समयका बावजूद पनि पढ्न चाहने विद्यार्थीहरुलाई लक्षित गर्दै अनलाइन विश्वविद्यालय हरु चलिरहेका छन् नेपालमा पनि शिक्षा मन्त्रालयबाट स्वीकृत अनलाइन विश्वविद्यालय विगत को वर्षदेखि चलिरहेको छ ।
अनलाइन माध्यमबाट पढाइदा र सिकाइदा हाम्रो जस्तो समाजमा सकारात्मक जत्तिकै नकारात्मक पाटाहरू पनि धेरैनै रहेका छन् । विकासका हिसाबले हेर्ने हो भने हाम्रो समाजमा एकनासको विकास रहेको छैन
यो प्रविधि भनेको इन्टरनेट को प्रयोगले आफू अनुकुलको ठाउँमा रही ल्याप्टप तथा कम्प्युटरको माध्यमबाट अध्ययन गर्ने हो । जहाँ शिक्षकले सिकाएका कुराहरू आफ्नै डिभाइसको प्रयोग गरेर पढ्न सकिन्छ । यस्तो अवस्थामा छुटेको कुराहरू समेत पुनः अध्ययन गर्न पाइने हुनाले यो प्रविधि प्रभावकारी मानिन्छ । नबुझेको वा सोही समयमा उपस्थित जनाउन नसकेको खण्डमा दोहोर्याएर पढ्न पाइने भएकाले यो सिकाई पद्धति झन प्रभावकारी छ । यही प्रविधिको प्रयोग गर्दै महामारीको समयमा बालबालिका हरुलाई समेत अध्ययन अध्यापन गराउन प्रयास भइरहेको छ । पछिल्लो समय विभिन्न विद्यालयको प्रयोगलाई हेर्दा यसका सकारात्मक तथा नकारात्मक दुवै खालको अनुभव भएको पाइएको छ । हाल सन्सार भर अहिले यसरी नै पढाई चलिरहेको छ ।
हुनत हरेक विकासको पछाडि सकारात्मक सँगै नकारात्मक पक्ष पनि हुनु स्वाभाविकै हो तर यसका सकारात्मक पक्ष हेर्दा संकटका बेलामा मात्र नभएर हरेक समयमा आज का विद्यार्थीहरुलाई अनलाइन माध्यमबाट पढाउने प्रविधि अवलम्बन गरिरहनु पर्ने जरुरी छ । अध्ययन गर्न इच्छा हुने र प्रविधिको पहुंचमा रहने विद्यार्थीहरूको हकमा यो पद्धति अत्यधिक सफल देखिएको छ । विद्यार्थी कक्षा कोठामा जस्तै शिक्षक को प्रत्यक्ष सम्पर्कमा रहन्छन् । नजानेको कुरा सोध्न मिल्ने र अन्य साथीहरु सँग गफ गर्न नपर्ने हुनाले आफ्नै घर बाट नै विद्यार्थीले शान्त वातावरणमा अध्ययन गर्न पाउँछन् । शिक्षकले मार्कर र बोर्डको मात्र भर परेर हुँदैन । विभिन्न प्रिजेन्टेशनको माध्यम बाट समेत पढाउनु पर्ने भएकाले शिक्षक आफू पनि अध्ययन गरेर तयारी गर्नुपर्ने हुँदा विद्यार्थीले नयाँ कुराहरू सिक्न पाउँनेछन् ।
-
सरकारी विद्यालयमा बालबच्चा पढाउने सबै अभिभावकको घरमा इन्टरनेट र प्रयोग गर्ने डिभाइस उपलब्ध होला ? हाम्रा गाउँ घरमा उपलब्ध इन्टरनेट सुविधाले बिना डिस्टर्ब भिडियो कल गर्न सक्ने क्षमता राख्ला ? सबै विद्यालयमा अध्यापन गराउनुहुने शिक्षक शिक्षिका प्रविधिमा पोख्त हुनुहोला ?
आज का दिन मा शिक्षकले भन्ने र विद्यार्थीले सुन्ने हाम्रो जग र मग सिद्धांत र पद्धतिमा मात्र सीमित रहेको हाम्रो शिक्षा अब बाट प्रविधिको प्रयोग ले भने अझ फराकिलो बन्दै र बनाउदै लैजाने देखिन्छ । विद्यार्थीले नबुझेको कुरा वा विषयवस्तुको बारेमा चित्र वा भिडियोको माध्यमबाट शिक्षकलाई बुझाउन धेरै सजिलो हुनेछ । पाठ्यपुस्तक को शब्दमा मात्र सीमित रहेर पढाइने शैलीलाई अनलाइन शिक्षा प्रणालीले फराकिलो बनाउँदै लैजाँदा विद्यार्थीले पुस्तकका पाना सँग सँगै वास्तविकता सम्म पुग्न सहज हुनेछ । हुनत प्रयास गर्नेलाई र इच्छा हुनेलाई मात्र प्राप्त हुनु स्वाभाविकै हो । तथापि अनलाइन माध्यमबाट पढाइदा र सिकाइदा हाम्रो जस्तो समाजमा सकारात्मक जत्तिकै नकारात्मक पाटाहरू पनि धेरैनै रहेका छन् । विकासका हिसाबले हेर्ने हो भने हाम्रो समाजमा एकनासको विकास रहेको छैन । शहरिया भन्दा पनि गाउँले जीवन धेरै भएको हाम्रो समाजमा प्रविधिको प्रयोग भनेको एकादेशको कथा जस्तै बनेको छ । साना साना कक्षाका भाई बहिनीहरूलाई पढाउन अभिभावक को अहम् भूमिका हुन्छ ।
के हाम्रा सबै अभिभावकले प्रविधिको प्रयोग गरेर विद्यालयले लिने अनलाइन कक्षा सम्म जोड्न सम्भव छ त ? अझ सरकारी विद्यालयमा बालबच्चा पढाउने सबै अभिभावकको घरमा इन्टरनेट र प्रयोग गर्ने डिभाइस उपलब्ध होला ? हाम्रा गाउँ घरमा उपलब्ध इन्टरनेट सुविधाले बिना डिस्टर्ब भिडियो कल गर्न सक्ने क्षमता राख्ला ? सबै विद्यालयमा अध्यापन गराउनुहुने शिक्षक शिक्षिका प्रविधिमा पोख्त हुनुहोला ? अवश्य यस्ता धेरै समस्याहरू छन् जसको कारणले हामीले चाहेर पनि सबै विद्यार्थीको माझमा समान शिक्षा पुर्याउन सक्दैनौं । हुन त सुरुवातमै नगर्ने भन्ने होइन तर सम्पर्कमा आउन नसक्ने विद्यार्थीलाई पनि केही न केहि वैकल्पिक उपाय पक्कै अपनाउनु पर्ने हुन्छ । अहिले परिस्थिति हेर्दा पनि सबै भन्दा पछि सम्म प्रभाव पर्ने क्षेत्र भनेकै शैक्षिक क्षेत्र हो । हामीले यस क्षेत्रमा वैकल्पिक उपाय अपनाउनु अपरिहार्य छ । हामीले घर गाउँमै पनि दिन सकिने जीवन उपयोगी शिक्षा हरु धेरै छन् । जिबनोपयोगी शिक्षा ले जीवन जिउन सिकाउँछ । जीवन जिउनका निम्ति हामीले रचनात्मक कुरामा विद्यार्थीलाई लैजानको लागि समेत प्रविधिको भरपुर प्रयोग गराउन सक्दछौं ।
हाल दस कक्षाका लागि मात्र भएको भर्चुअल पढाइ सबै कक्षा १ देखि १० सम्मका लागि राष्ट्रिय स्तरका टेलिभिजन हरुबाट कक्षा सञ्चालन गर्ने हो भने अझ धेरै विद्यार्थीको पहुँचमा पुग्न सक्दछ । रहर नहुने र पढ्न जागर नगर्ने विद्यार्थी हरुमा यसको प्रभाव नपरे पनि जीवनमा केही गर्नुपर्छ र आफ्नो भविष्य बनाउनु पर्छ भन्ने सोच्ने बालबालिका हरुमा यस्तो खालको कक्षले राम्रो प्रभाव पर्ने निश्चित छ । नया समस्या ले नयाँ सोच सृजना गराउछ। त्यसैले आउ हाते मालो गर्दै प्राविधिक सीपको सिकाइ मा हाहेमालो गराँै । स्कुल शिक्षक ,अभिभावक र सिकारु लाई सिक्ने र सिकाउने बातावरण बनाउँ । कसैलाइ नहोच्याउँ ।। नखिज्याउँ ।।।
लेखक :- सहयोगी मिडिया प्रा ली दौतरी एफ एम १०५.८ मेगाहर्जका अध्यक्ष हुन ।