भारतमा कोरोना संक्रमित हुनेको संख्या ४० हजार नाघ्यो


एजेन्सी । भारतमा कोरोना संक्रमितहरुको संख्या ४० हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयले आइतबार दिएको जानकारी अनुसार संक्रमितहरुको संख्या ४० हजार २ सय ६३ पुगेको हो ।



संक्रमणबाट मृत्यु हुनेको संख्या भने १३ सय ६ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २ हजार ४ सय ८७ जना नयाँ संक्रमित फेला परेका छन् भने एकैदिन ८३ जनाको मृत्यु भएको छ ।

त्यस्तै १० हजार ८ सय ८७ जना बिरामी निको भएर फर्किएका छन् ।



सम्बन्धित
Loading...