नारायणगढ-मुग्लिङ सडक एकातर्फी खुल्यो


चितवन । लगातारको वर्षाका कारण नारायणगढ मुग्लिङ सडक खण्डमा खसेको पहिरो हटाएर सडक एकातर्फी रुपमा सञ्चालनमा आएको छ ।



सडक खण्ड अन्तर्गत इच्छाकामना गाँउपलिका–६ जलबिरेमा आज बिहान पहिरो खसेर सडक अवरुद्ध भएको थियो ।

बिहान करिब सवा दश बजेतिर पहिरो खसेर सडक अवरुद्ध भएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक दयाकृष्ण भट्टका अनुसार अहिले पहिरो हटाएर एकातर्फी रुपमा सडक सुचारु भएको छ ।




अवरुद्ध भएको सो सडकखण्ड दुईतर्फी रुपमा सञ्चालन गर्न अझै केही समय लाग्ने प्रहरीले जनाएको छ ।

पहिरोका कारण बाटो अवरुद्ध हुँदा लकडाउनका बेला चलेका अत्यावश्यक सवारी साधन राजमार्गमा नै अलपत्र परेका थिए ।



सम्बन्धित
Loading...