पानीमा डुबेर ४ जनाको मृत्यु
काठमाडौं – संखुवासभा, सभापोखरी गाउँपालिका–२ माथिल्लो धुपु बस्ने ३२ वर्षीय चन्द्र कुमारी राई सोही गाउँपालिका–१ स्थित सादीबेसीस्थित दिब्यश्वरी हाईड्रो पावरको पानी जमाउने पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा आइतबार दिउँसो फेला परेकी छन् ।
धनकुटा नगरपालिका–१ जौटार बस्ने राजिप तुतुङकी १८ महिनाकी छोरी सिर्जना तितुङको आफ्नै घरमा पानीको ड्रममा खेल्ने क्रममा डुबेर आइतबार दिउँसो मृत्यु भएको छ ।
कञ्चनपुर, बेदकोट नगरपालिका–७ बस्ने ४० वर्षीय राजेश सार्की नहरको कलभटको पानीमा आइतबार राति मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।