अमेरिकी वैज्ञानिकले गरे कोरोना भाइरसविरुद्धको खोप पहिचान




अमेरिका । अमेरिकी वैज्ञानिकले कोरोना भाइरस विरुद्धको थप १४ वटा खोप पहिचान गरेको सिएनएनले जनाएको छ । अमेरिकी राष्ट्रपतीय कार्यालय अन्तर्गत कोरोना खोप निर्माण तथा पहिचान अभियान ‘अपरेसन वार्प स्पिड’ ले १४ वटा खोप पहिचान गरेको हो ।
सिएनएनले उल्लेख गरे अनुसार, खोपको विकास चाँडै गरिने तयारी भएको छ । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्षको अन्तिमसम्म कोरोना भाइरसविरुद्धको भ्याक्सिन बन्ने दाबी गरेका छन् । अमेरिकी टेलिभिजन फक्स न्युजसँगको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले यस वर्षको अन्त्यसम्मका कोरोना भाइरसविरुद्धको भ्याक्सिन बन्ने बताएका हुन् ।



सम्बन्धित
Loading...