चितवनमा बन्दाबन्दीमा सवारी चलाउनेलाई थप कडाई
चितवन । बन्दाबन्दीमा सवारी चलाउनेहरुको लागि जिल्ला प्रशासन कार्यालय चितवनले सोमबारदेखि थप कडाई गरेको छ। कोरोना भाइरस रोकथाम र नियन्त्रणको लागि सरकारले जारी गरेको लकडाउनमा अनावश्यक रुपमा सवारी लिएर बाहिर निस्किएका गुनासा आउन थालेपछि प्रशासनले चोकचोकमा प्रहरी खटाएर सोधपुछलाई तीव्र पारेको हो।
साथै एउटा जिल्लाबाट अर्को जिल्ला जानको लागि सवारी पास जारी नहुने पनि सोमबार सूचना जारी गरेर आमसर्वसाधारण समक्ष जानकारी गराइएको हो।
