नेपालगञ्ज, उदयपुर र भारतबाट आएका नवलपुरका ११ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइयो
नवलपरासी, २३ बैशाख । पूर्वी नवलपरासीबोट मंगलबार ११ जनाको श्वाब संकलन गरि पठाइएको छ ।
नेपालकै केही जिल्लामा कोरोनाको संक्रमण बढेपछि नवलपुरमा नेपालकै ति जिल्लाहरुबाट आएकालाई पनि स्वाब संकलन गरेर कोरोना संक्रमित भए नभएको परीक्षण गर्न थालिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईका अनुसार नवलपुरमा कावासोती, बौदीकाली, गैडाकोट, देवचुली र विनयी त्रिवेणीका गरी ११ जनाको मंगलबार मध्यविन्दु जिल्ला अस्पतालमा स्वाब संकलन गरिएको हो ।
उनीहरु भारतका साथै नेपालको उदयपुर, नेपालगञ्ज, विरगञ्ज, जनकपुरबाट आएका हुन् ।
यस अघि नवलपुरमा ६० जनाको स्वाब संकलन गरि परीक्षण गरिएकोमा सबैको कोरोना भाइरस नेगेटिभ आएको थियो ।

