७ मुलुकमा १ लाख २७ हजार नेपालीको भिसा सकियो


७ मुलुकमा वैदेशिक रोजगारीमा रहेका १ लाख २७ हजार नेपाली कामदारको भिसाको म्याद सकिएको र अवैध कामदारलाई आममाफी दिएका कारण तत्काल नेपाल फर्नुकपर्ने देखिएको छ ।



वैदेशिक रोजगार विभागका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठका अनुसार अहिले प्रमुख रोजगारदाता मुलुकमा मलेसिया, कतार, साउदी अरब, यूएई, कुवेत, बहराइन र ओमानमा १३ लाख ४८ हजार नेपाली श्रमिक रहेका छन् । जसमध्ये १ लाख २७ हजारको म्याद सकिएर अवैध रूपमा रहेकालाई आममाफी  भएको छ । कोभिड– १९ का कारण रोजगारी गुमाएर फर्कनेकाे संख्या थप २ लाख ८० हजार छ भने यी देशबाट मात्रै जम्मा ४ लाख ७ हजार जना फर्कन सक्ने विभागले जनाएको छ ।

‘कोभिड भाइरसका कारणले विभिन्न मुलुकमा रोजगारी गुमाएर फर्किने नेपालीको संख्या ४ लाख ७ हजारको हाराहारीमा रहेको आँकलन गरेका छौँ,’ प्रतिनिधिसभाअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बुधबारको बैठकमा विभागका महानिर्देशक श्रेष्ठले भने ।




हवाई टिकट काटिसकेका र भिसा सकिएका कारण खाडी मुलुकमा अलपत्र परेकालाई पनि स्वदेश फर्काउनुपर्ने अवस्था रहेको महानिर्देशक श्रेष्ठले बताए । भारतबाहेकका मुलुकमा करिब १५ लाख जना वैदेशिक रोजगारीमा रहेका छन् ।



सम्बन्धित
Loading...