साढे ४ करोडका स्वास्थ्य सामग्री हस्तान्तरण




अन्तर्राष्ट्रिय गैरसरकारी संस्था सङ्घले कोभिड–१९ विरुद्धको पूर्वतयारी तथा त्यसको फैलावट रोकथाममा सघाउन ४ करोड ५३ लाखबराबरका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

कोरोना भाइरस नियन्त्रणका निम्ति अग्रपङ्तिमा खटिएका स्वास्थ्यकर्मीलाई उक्त संस्थाले आफूसँग आवद्ध १६ वटा संस्थाको संयुक्त सहयोगमा खरिद गरिएका पर्सनल प्रोटेक्टिभ इक्विपमेन्टलगायत सामग्री आज हस्तान्तरण गरेको हो ।




महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङ र समाज कल्याण परिषद्का निमित्त सदस्य सचिव शिवकुमार बस्नेतको उपस्थितिमा संस्थाका अध्यक्ष अच्युतकुमार लुइँटेलले ती सामग्री स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरेका हुन् ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँगको समन्वय तथा समाज कल्याण परिषद्को सहयोगमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था सङ्घले ती सामग्री खरिद गरेको थियो ।



सम्बन्धित
Loading...