नवलपरासीका बोटे, माझी, मुसहरहरुलाई राहत वितरण
नवलपरासी, २८ बैशाख । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका २ मा रहेको ७० घर बोटे, माझी, मुसहर परिवारलाई आइतबार द आर्ट अफ लिभिङ्ग चितवनले राहत वितरण गरेको छ ।
द आर्ट अफि लिभिङ्ग चितवनको टोलीले प्रति घर १० किलो चामल, १ किलो नुन, एक किलो दाल र आधा लिटर तेल वितरण गरेको द आर्ट अफ लिभिङ्ग चितवनको जिल्ला संयोजक भोजबहादुर खड्काले बताए ।
उनीहरुले मध्यविन्दु नगरपालिका २ का वडा अध्यक्ष नारायण पौडेल र वडा सदस्यहरुको रोहवरमा वडा कार्यालय अगाडि राहत वितरण गरेका हुन् ।
