लकडाउन केही खुकुलो पारेसँगै कावासोतीमा चहलपहल ह्वात्तै बढ्यो, तोकिएको भन्दा अन्य पसल खुलेपछि त्यस्ता पसल बन्द गराउँदै प्रहरी –भिडियो सहित)


रामकुमार श्रेष्ठ  –
कावासोती । पूर्वी नवलपरासीमा आइतबार प्रशासनले सूचना जारी गर्र्दै लकडाउन केही खुकुलो बनाएसँगै सदरमुकाम कावासोतीमा आमसर्वसाधारणको चाप ह्वात्तै बढेको छ ।
कावासोतीमा आइतबारको तुलनामा पैदल यात्री, आम सर्वसाधारण, मोटरसाइकल, कार, जिप, ट्याम्पोको चाप बढेको छ भने प्रशासनले तोकेभन्दा पनि अन्य पसलहरु प्नि खुलेका छन् ।
कोरोनाको संक्रमणको त्रास अन्त्य भई नसकेको अवस्थामा यसरी एक्कासी मानिसको चाप बढेपछि संक्रमण फैलने डर पनि बढेको छ ।
यसैबीच जिल्ला प्रहरी कार्यालय नवलपुरका टोलीले प्रशासनले तोकेको भन्दा अन्य पसलहरु खुलेपछि प्रहरीले त्यस्ता पसलहरु बन्द गराउँदै हिडेको छ । नवलपुरमा अहिलेसम्म कोरोनाको संक्रमण भने देखिएको छैन ।



https://www.youtube.com/watch?v=HgP4wckfTYk



सम्बन्धित
Loading...