नेपालगञ्ज बाँकेमा फेरि एक जना पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि


नेपालगञ्ज बाँकेमा फेरि एक जना पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार दिउँसो जारी गरेको प्रेस नोटमा नेपालगञ्जका थप उक जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो । मन्त्रालयका अनुसार नेपालगञ्ज वडा नं–८ का ३३ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै कपिलबस्तु नगरपालिका वडा नं–५ का २२ वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमणको पुष् िभएको छ ।

मन्त्रालयले दोस्रो पत्र जारी गरी उनमा कोरोना भाइरस संक्रमणको पुष्टि गरेको हो । संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वाथ्यकर्मीको निगरानीमा रहेको जनाइएको छ ।




बाँकेमा कोरोना भाइरस संक्रमितको संख्या २५ पुगेको छ भने नेपालमा अहिलेसम्म दुई सय १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।



सम्बन्धित
Loading...