रुपन्देहीबाट आएका एक जनासंग हेलमेल गर्ने सहित हुप्सेकोटका १५ जना क्वारेन्टाइनमा
पार्वती पाण्डे –
हुप्सेकोट (नवलपरासी) । रुपन्देहीमा कोरोना संक्रमणको जोखिम बढेसँगै पूर्वी नवलपरासीको हुप्सेकोटमा रुपन्देहीबाट आएका एक जना सहित उनीसँग हेलमेल गर्ने १५ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।
उनीहरुलाई सरस्वती प्राविको भवनमा क्वारेन्टाइनमा राखिएको हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मी पाण्डेले बताइन् ।
हुप्सेकोटमा यो १५ जना सहित ३२ जना क्वारेन्टाइनमा छन् भने यस अघि २७ जना क्वारेन्टाइनमा बसेर फर्किसकेका छन् ।
उनीहरुको अवस्था हेरेर आरडिटी टेष्ट र ज्वरो आउने लगायतका लक्षणहरु देखिएर स्वाब संकलन गरेर कोरोना भाइरस परीक्षण गरिनिे हुप्सेकोट गाउँपालिका अध्यक्ष पाण्डेले बताइन् ।
हुप्सेकोटमा नेपाल शान्ति मावि, बालकल्याण प्रावि, मुसेडाँडा साुमयिक वनको भवनमा लगायतका क्षेत्रमा क्वारेन्टाइन बनाइएको छ ।
