रत्ननगरका दुई पसलमा चोरी
पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं १ बकुलहर चोकमा रहेका दुई पसलमा बुधबार राति चोरी भएको छ ।
इलाका प्रहरी कार्यालयबाट करिब १०० मिटरका दुरीमा रहेको एउटा किराना पसल र अर्को कम्प्युटर पसलमा चोरी भएको हो ।
बकुलहर चोकमा रहेको बाग्लुङ्काली किराना पसल र कम्प्युटर एण्ड ल्यापटपमा हाउसमा सटर फोरेर चोरी भएको सञ्चारकर्मीसमेत रहेका स्थानीय विपीन शर्मा आचार्यले जानकारी दिए ।
किराना पसलबाट काउन्टरमा राखिएको खुद्रा पैसासहित विस्कुट, चकलेट तथा कम्प्युटर पसलबाट पाँचहजार नगदसहित एउटा ल्यापटप चोरी भएको हो । चोरीको खोजीकार्य सुरु गरिएको इलाका प्रहरी कार्यालय टाँडीले जनाएको छ ।