नवलपुरमा सुरक्षा व्यवस्था कडा, कावासोतीमा घटे आवतजावत गर्ने सर्वसाधारण




नवलपरासी, १ जेठ । पूर्वी नवलपरासीमा पनि कोरोनाको संक्रमण देखिएसँगै नवलपुरमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
प्रहरीले भित्री बाटोमा समेत चेकजाँच गरेर विना काम बजार आउनेलाई गाउँतर्फ नै फर्कादिएका छन् ।
कावासोतीको विभिन्न भित्री बाटाहरुमा ठाउँठाउँमा प्रहरी बसेर चेकजाँच बढाएको छ ।
हिजोसम्म कावासोतीको राजमार्गमै प्रशस्त्र मात्रामा मोटरसाइकल, जिप लगायतका साना सवारी साधन एवम् सयौंको संख्यामा सर्वसाधारण तथा पैदल यात्रुहरु मुख्य बजारहरुमा निस्कने गरे पनि विहीबार एक्कासी कावासोतीमा सर्वसाधारणको चाप घटेको छ ।
नवलपुरका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले नवलपुरमा पनि कोरोना संक्रमणको जोखिम बढेसँगै लकडाउनको पूर्ण पालना गराउने गरी सुरक्षा सतर्कता बढाइएको बताए ।
घिमिरेका अनुसार अत्यावश्यक काम बाहेक अन्य काममा घर बाहिर ननिस्कन आम सर्वसाधारण अपिल गरिएको छ ।
त्यसैगरी नवलपुरमा क्वारेन्टाइनको संख्या बढाउने, भारतबाट आएको स्वाब संकलन गरी कोरोनो पोजेटिभ देखिएर अस्पताल लैजाने र पोजेटिभ नदेखिएर सुरक्षित तरिकाले गन्तव्य तर्फ पुर्याउने गरी तयारी भएको घिमिरेले बताए ।



सम्बन्धित
Loading...