नवलपरासीका संक्रमित पाच दिन पहिला भारतको गाजियाबादबाट आएका थिए
गोपी ज्ञवाली ।
नवलपरासी, २ जेठ। पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा भेटिएका कोरोना संक्रमित युवा भारतको दिल्ली नजिकैको गाजियाबाद शहरबाट पाँच दिन पहिला लुकिछिपी नेपाल प्रवेश गरेका थिए ।
प्रतापुर गाउँपालिका निवासी ३६ वर्षीय युवा गत बैशाख २८ गते लुकिछिपी नेपाल प्रवेश गरेका पाईएको छ । नेपाल प्रवेश गर्नु पुर्व ती युवा नेपालको सिमावर्ती जिल्ला महारागंजको सिसहीयामा रहेको ससुरालीमा दुई दिन बसेर नेपाल प्रवेश गरेको पाईएको छ । नवलपरासीमा पहिलो संक्रमित ती युवाको यात्रा विवरण लिदा उनी भारतको गाजियाबादबाट गोरखपुर सम्म भारतीय रेलमा आएको र गोरखपुर देखी विभिन्न स्थानमा मालवाहक ट्रकबाट नेपाली सिमाना सम्म पुगेको पाईएको छ ।
गत बैशाख २८ गते राती पश्चिम नवलपरासीको बसैया नाकाबाट रातीको समयमा लुकिछिपी नेपाल प्रवेश गरेको पाईएको जिल्ला स्वाश्थ्य कार्यालयका प्रमुख गौरव ढकालले बताएका छन । प्रमुख ढकालका अनुसार संक्रमित युवा रातीको समयमा भारतीय नाकाका सुरक्षा कर्मीको आँखा छलेर विहान ४ वजे नवलपरासीको प्रतापपुर गाउपलिकाको बैदौली पुलको मुखमा रहेको एउटा छाप्रोमा आराम गरेका थिए । भारतबाट आएका युवा पुलको मुखको छाप्रोमा आएको थाहा पाए पछि स्थानियतहका जनप्रतिनिधीहरुको सहयोगमा उनलाई बेलाटारी स्थित त्रिभुवन क्याम्पसको क्वारेन्टाईनमा लगिएको बताईएको छ ।
पछिल्लो पटक उनी सहित प्रतापपुरका ३० जनाको स्वाव परिक्षण गरिएको थियो । विहिवार परिक्षणको रिपोर्ट आउदा ती ४३६ वर्षीय युवाको रिपोर्ट पोजिटिभ आए पछि जिल्लाको सदरमुकाम परासी स्थित पृथ्बि चन्द्र अस्पतालमा बनाईएको आईसोलेशन वार्डमा राखीएको बताईएको छ । जिल्ला सदरमुकाम परासीको जिल्ला अस्पतालमा अहिले जम्मा पाँच वटा मात्र आसोलेशन वार्ड रहेका छन भने अहिले जिल्ला अस्पताललाई पुर्ण रुपमा खाली गराईएको छ ।