नवलपरासीको धौवादीबाट फलामको उत्पादन सुरु गरिने
नवलपरासीको धौवादीमा स्थापना भएको धौवादी फलाम कम्पनीबाट आउँदो आर्थिक वर्ष फलाम उत्पादन गरिने भएको छ ।
यसको लागि कम्पनी स्थापना भएको र फलामको गुणस्तर पनि प्रमाणित भइसकेको नीति तथा कार्यक्रममा उल्लेख छ ।
सरकारले गएको वर्ष नै यसै वर्षदेखि फलाम उत्पादन गरिने कुरा नीति तथा कार्यक्रममा उल्लेख गरे पनि सफल भएको थिएन ।
यस्तै दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण कार्य सुरु भएको र आउँदो वर्ष पूरा हुने नीति तथा कार्यक्रममा उल्लेख छ ।