नवलपरासीमा बैंक आलोपालो खुल्ने, कुन बैंक कहिले खुल्ने सूची सहित


घनश्याम बगाले –
नवलपरासी ३ जेठ । पूर्वी नवलपरासीको कावासोती नगरपालिकाले नगरक्षेत्रका बैंक तथा वित्तीय संस्थालाई बार अनुसार आलोपालोमा रहेर कारोबार संचालन गर्न भनेको छ ।
पालिकाले राष्ट्रिय बाणिज्य बैंक र कृषि विकास बैंकलाई हप्तामा ४ दिन, एसविआई र प्रभू बैंकलाई हप्तामा ३ दिन संचालन अवधि तोकेको छ ।
यसै गरी अन्य कमर्सियल, विकास बैंक र फाईनान्सहरु विहान ११ बजे देखि दिउसो २ सम्म हप्तामा दुई दिनमात्र ३ घण्टाका लागि खुल्ने भएकाछन् । ३ घण्टे समयावधि भने सबै बैंकहरुलाई समान रुपले लागु हुनेछ ।
नगरले निर्धारण गरेको तालिका अनुसार रावा बैंक र कृषि विकास बैंक आईत, सोम, बुध र शुक्रबार खुल्नेछन् भने प्रभू बैंक सोम, मंगल र विहिबार तथा नेपाल एसविआई बैंक आईत, बुध र शुक्रबार संचालनमा आउनेछन् ।
यसरी नै नविल, सनराईज, एनएमबी, एभरेष्ट, एनसिसी, सिद्धार्थ, माछापुच्छ्र्र्े र नेपाल बैंक आईतबार र बुधबार तथा प्राईम, सिभिल, एनआईसी एसिया, मेघा, ग्लोवल आइएमई, हिमालयन, कुमारी र गरिमा सोमाबर र विहिबार खुल्नेछन् ।
मंगलबार र शुक्रबार संचालन हुनेमा देवः, ग्रिन डेभलपमेन्ट, महालक्ष्मी, श्री ईन्भेष्टमेन्ट, गण्डकी विकास, ज्योति विकास, सांगृला, कामना सेवा, वेष्ट र पोखरा फाईनान्स रहेकाछन् ।
नगरपालिकाको शुक्रबार बसेको विपत ब्यवस्थापन समितिको बैठकले कोभिड १९ नियन्त्रण तथा रोकथामका लागि बैंक सन्चालन सम्वन्धि यस प्रकारको निर्णय गरेको समितिका संयोजक एवं नगर उप प्रमुख पे्रमशंकर मर्दनिया थारुले बताउनु भयो ।
यसका साथै समितिको निर्णयमा बैंक तथा बित्तीय संस्थाहरुलाई बिना भिडभाड सामाजिक दुरी कायम गरेर बैंकिड.ग कारोवार गर्न र आफ्ना एटिएम बुथहरुमा अनिवार्य सेनिटाईजरको ब्यवस्था गर्न भनिएको छ ।
बन्दाबन्दीकै अवस्थामा पनि कावासोती नगरपालिकामा सदरमुकाम केन्द्रित विभिन्न विकास तथा बाणिज्य ३० ओटा बैंकले आ आफ्ना ग्राहकहरुलाई वित्तीय सेवा दिदै आएकाछन् ।





सम्बन्धित
Loading...