कोरोना आशंकित महिलाकोे धुलिखेल अस्पतालमा मृत्यु, अस्पतालको आकस्मिक कक्ष सिल


कोरोना भाइरस (कोभिड-१९) परीक्षणका क्रममा आरडीटी पोजिटिभ देखिएकी २९ वर्षीया महिलाको धुलिखेल अस्पतालमा मृत्यु भएको छ  । टिचिङ अस्पतालबाट रिफर गरी उपचाररत ती महिला सुत्केरी रहेको समेत बताइएको छ ।



धुलिखेल अस्पतालले मृत्युबारे स्वास्थ्य मन्त्रालयमा जानकारी गराइसकेको जनाएको छ । मृत्यु भएपछि अस्पतालले उनको स्वाब पुनः परीक्षणका लागि टेकु अस्पताल पठाइएको जनाएको छ । अस्पतालका अनुसार ती महिलामा कोरोना पोजिटिभ भए/नभएको यकिन भएको छैन ।

धुलिखेल अस्पतालको आकस्मिक कक्ष सिल कोरोना आंशकामा महिलाको मृत्यु भएपछि धुलिखेल अस्पतालको आकस्मिक कक्ष सिल गरिएको छ ।




ती महिला सिन्धुपाल्चोक बाह्रबिसेको रहेको बताइएको छ । हिजो अस्पतला ल्याउने बित्तकै उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । ‘अस्पताल आइपुग्दा उच्च ज्वरो थियो । हिस्ट्री लिन नपाउँदै उहाँको मृत्यु भयो,’ धुलिखेल स्रोतले भने, ‘आरडीटी पोजिटिभ देखिएको छ । तर पीसीआर रिपोर्ट आउन बाँकी छ । कोरोना भाइरस हो होइन पुष्टि हुन बाँकी छ ।’



सम्बन्धित
Loading...