लकडाउनमा विद्यार्थीहरु तथा अभिभावकहरुले आफ्ना बालबच्चाहरुको लागि के गर्ने?




लेखक: बलिराम गुप्ता –
लकडाउन अहिले दिमागमा बारम्बार आईरहने शब्द हो । तर यो बारम्बार आउने घटना होइन् । त्यस कारण हामीहरुले पल पलको समयको सदुपयोग गर्नुपर्दछ । समय त्यो हो जसले यसलाई चिन्न सक्यो भने ऊ महान बन्न सक्छ नत्र भने वयक्ति यथास्थितिमा बस्नुपर्दछ । लक्ष्मी प्रसाद देवकोटाले भनेका छन “उद्देश्य के लिनु उडी छुनु चन्द्र एक” । अर्थात उद्देश्य महान लिनुपर्दछ । हो त्यही महान उद्देश्य पुरा गर्नको लागि समयको सदुपयोग गर्नु आवश्यक छ । समयको व्यवस्थापनबारे हामीले टेसला कार कम्पनीको मालिक इलोन मस्कबाट सिक्न सक्दछौ ।
लकडाउनमा धेरै विद्यार्थीहरु मानसिक रुपमा विचलित हुन सक्दछन् के गर्ने ?, कसरी समय व्यवस्थापन गर्ने ? के कस्ता किताबहरु पढने भनेर ? हो केही गरिएन भने लकडाउन विद्यार्थीहरुको लागि घातक हुन सक्छ । सिकाईको लागि घर पहिलो पाठशाला हो ।तसर्थ घरमा विद्यार्थीहरुले बिना कामको बस्ने होइन । स्नातकोत्तर,स्नातक र कक्षा १० को केहि शिक्षण संस्थाहरुले अनलाइन कक्षा संचालन गरेको देखिन्छ तर प्रभावकारी भएको देखिदैन ।लकडाउनको समय लाई विभिन्न क्रियाकलापहरु गरेर समय बिताउन सक्छौ ।

स्नातक वा उच्च शिक्षा अध्ययनकर्ताले समयको सदुपयोग कसरी गर्ने ?




स्नातक वा उच्च शिक्षा अध्ययनकर्ताहरुले आफु पढिरहेको पाठ्यपुस्तकहरु गहिरिएर अध्ययन गर्ने, परीक्षामा कस्तो प्रश्नहरु आउँदछन त्यसलाई राम्रोसंग अध्ययन गर्ने, ग्रिड हेर्ने र साथसाथै स्नातक र उच्च शिक्षामा प्रश्नहरु अंंग्रेेजी आउने हुनाले अंग्रेजीको शब्दार्थहरु बढी भन्दा बढी याद गर्ने ।

आगामी दिनहरुमा रोजगारीको सुअवसरको लागि विभिन्न किसिमका सिपहरुको आवश्यकता पर्न सक्छ जस्तै कम्प्युटर सम्बन्धी सिप, अंंग्रेेजी बोल्ने सम्बन्धी सिप, भाषिक सिप जस्ता सिपहरुको बिकास गर्ने ।

लकडाउन पश्चात पुरै विश्व डिजिटल र प्रविधि मैत्री विश्व हुन सक्छ त्यसकारण प्रविधिमा ज्ञानको दायरा फराकिलो पार्ने ।

ज्ञानले नै इज्जत , पद, प्रतिष्ठा र धन आर्जन गर्न सकिन्छ, त्यसकारण विभिन्न किसिमका विचारोत्तेजक पुस्तकहरु जस्तै “जित तपाईको,एक्काइसौ शदाब्दी,वार र पिस,सोच्नुहोस र धनी बन्नुहोस,ड्रिम फ्रम माई फादर,रिच ड्याड पुअर ड्याड, सामान्य ज्ञान” जस्ता पुस्तकहरु पढेर मस्तिष्कलाई नयाँ उर्जा प्रदान गर्ने र ज्ञान बढाउने ।

भनिन्छ स्वस्थ शरीरमा स्वस्थ मस्तिष्कको बिकाश हुन्छ ।त्यसैले शरीरलाई स्वस्थ राख्नको लागि नियमित व्यायामहरु गर्ने । कृषिकार्य पनि गर्न सकिन्छ । त्यसतै आज र भोलिको युग सम्बन्ध ,सहकार्य र विश्वव्यापी सहकार्यको युग हो त्यसैले साथीभाईहरुको सञ्जाल बनाउने , इत्यादि कार्यहरु गरेर समयको सदुपयोग गर्न सकिन्छ । अहिले बिशेष गरेर बिद्यार्थी भाइबहिनीहरुले कयौ घन्टा प्रत्येक दिन समाजिक सञ्जाल (फेसबुक,टुइटर)हरु चलाएर व्यतित गर्दछन त्यसको साटोमा शिक्षा दिने र ज्ञानबद्र्धक फिल्महरु हेर्ने र सुचनाहरुको वा जानकारीहरुको लागि मात्र समाजिक सञ्जालहरुको प्रयोग गर्ने ।अहिलेको परिवेश प्रतिस्पर्धाको समय हो त्यसैले सुचनाहरुको पनि सँग्रह गर्नु अति नै आवश्यक हुन्छ ।

विद्यालय तहको बालबालिकारुले के–के गर्ने ?

भनिन्छ माटोको मुर्ति बनाएर सुकाइसकेपछि त्यसलाई अर्को मुर्ति बनाउन सकिन्न , हो त्यहि आधार लागु हुन्छ विद्यालय तहको बालबालिकाहरुमा ।बिद्यालय तहको बालबालिकाहरुको उमेर आधीँ र बेहरी को उमेर हो । यो उमेरमा बालबालिकाहरु बिग्रेपछि सुर्धन गाह्रो हुन्छ ,त्यसैले राम्रो मुर्ति बन्नु आवश्यक हुन्छ ।कोरोनाको विषम परिस्थिति भएकोले कक्षा १०,११ र १२ को परीक्षा रोकिएको कुरा सबैलाई सर्वविदितै छ । सरकारको भनाई अनुसार कोरोनो को अवस्था सामान्य भएपछि परीक्षा हुनेछ ।ती अध्ययनरत बालबलिकाहरुले परीक्षा सम्बन्धी जानकारी लिईरहने । त्यस्ता बालबलिकाहरुले पढेका कुराहरुको पुनरावृति गरिरहदाँ नै राम्रो हुन्छ । साथसाथै त्यस्ता बालबालिकाहरुले परीक्षा सम्बन्धी मानसिक तनाव नलिदा नै राम्रो हुन्छ र आफ्नो घरायसी कामहरुमा दैनिक गरिरहने र घरमा सघाईरहने ।कहिलेकाही शिक्षासँग सम्बन्धित फिल्महरु हेर्दा राम्रो नै हुन्छ ।

त्यसैगरी प्रविधिहरुको विषयमा जानकारीहरु राख्ने, सिक्ने ।  यो समय भनेको भर्ना पश्चात अध्ययन गर्ने समय हो । तर अहिले केही विद्यालयहरुमा परीक्षाफल प्रकाशित भएको छ र अरु विद्यालयहरुमा हुने क्रममा छ । कोरोनाको विषम परिस्थितिले पढाई हुन सकेको छैन । यस्तो अवस्थामा कक्षा १० को विभिन्न विषयहरुको नेपाल टेलिभिजन, युवट्युबमा राखिएको र पढाई भईरहेको छ , त्यस्ता साधनहरुको पुर्णरुपमा सहयोग लिने । परीक्षाफल प्रकाशित भएको र पास वा फेलको जानकारी भए पश्चात नियमित रुपमा विद्यार्थीहरुले मोबाइल बाट केही हद सम्म सिक्न सकिन्छ , त्यसको पुर्ण रुपमा फाइदा लिने । अंग्रजीको शव्दार्थहरु बढी भन्दा बढी याद गर्ने । अँगे्रजी र नेपालीमा निबन्धहरु लेख्ने कार्यहरु ६ देखि १० सम्मका विद्यार्थीहरुले गर्दा राम्रो हुन्छ ।

त्यस्तै बुवा ,आमा वा छिमेकीको सहायताले अरु पनि विषयहरुको अध्ययन गर्न सकिन्छ ।
अध्ययनले मात्रै जिवन पुर्ण हुदैन ,स्वस्थ हुनको लागि शारीरिक व्यायामहरु गर्नु जरुरी हुन्छ । विद्यालय उमेरमा शारीरिक,मानसिक ,सामाजिक र संवेगात्मक को पनि बिकाश भईरहेको हुन्छ ।

त्यसैले त्यस्ता पक्षहरुमा पनि ध्यान दिनु अपरिहार्य हुन्छ । अहिले लकडाउनको समयमा समाजिक क्रियाकलापहरु माथि केही हदसम्म बिराम लागेको छ । यस्तो अवस्थामा परिवारसंग मिलेर बस्ने, विभिन्न बिषयहरुमा छलफल गर्ने, बुवा आमाको अनुभवहरुको जानकारी लिने,बुवा र आमाको सर्घषको कथाहरुमा जानकारी लिने र सिक्ने जस्ता कार्यहरु गर्दा हितकारी हुन्छ ।

त्यस्तै अभिभावकहरु पनि आफ्ना बालबालिकाहरुप्रति चासो राख्ने गर्नु पर्दछ नत्रभने बालबालिकाहरु घरमा बस्दा मानसिक रुपमा विच्छिप्त हुन सक्दछन् ।

सरसफाईमा पनि बालबालिकाहरुको अभिभावकहरुले आफ्नो बालबालिका प्रति ध्यान दिनु धेरै आवश्यक हुन्छ ।
त्यसैगरी कक्षा बालबिकास देखि ५ सम्म बालबालिकाहरुलाई अभिभावकहरुले यो विषम परिस्थितिमा बढी जिम्मेवारी बोध गर्नु आवश्यक छ । यस्ता वालबालिकाहरुलार्ई अभिभावकहरुले सरसफाई मा विशेष ध्यान दिनुपर्दछ ।

त्यसैगरी अभिभावकहरुले आफ्ना बालबालिकाहरुलाई घरमै आलु, ढुगां इत्यादीहरुको प्रयोग गरी जोड, घटाउ गुणन सजिलै तरिकाले सिकाउन सकिन्छ । अंंग्रेेजी वा नेपालीका शब्दहरु उच्चारण र प्रयोगहरु सिकाउन सकिन्छ । यस्ता बाल बच्चाहरुलाई पिट्ने, झगडा गर्ने र रुने जस्ता कार्यहरुबाट बचाउँनुपर्छ नत्र भने बालबालिकाहरु झँगडालु र पछि गएर भनेको कुरा नमान्न सक्दछन ।
अन्त्यमा बालबालिकाहरुको लागि घर अभिशाप होइन बरु आधारशिला बनोस । लकडाउन पश्चात बालबालिकाहरु नयाँ जोश , जाँगर र उमगंको साथ घरबाट निस्कुन र देशमा सक्षम र स्वस्थ जनशक्तिको बिकाश होस । उल्लेखित कुराहरु अपनाएमा पक्कैै पनि एउटा आयाम थप्न सकिन्छ ।

(जिल्ला नवलपरासी, प्रतापपुर गा.पा. वार्ड न.९ पजरकट्टी घर भएका लेखक बिगत ७ बर्ष देखि शिक्षा क्षेत्रसँग आबद्ध छन् र उनी लेखक र राजनितिक विश्लेषक पनि हुन्।)



सम्बन्धित
Loading...