कारोना अपडेट : विश्वभर ३,१४,१३८ को ज्यान गयो, ४७ लाख ६० हजार बढी संक्रमित
काठमाडौं, ४ जेठ । महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणका कारण विश्वभर ३ लाख १४ हजार १३८ को ज्यान गइसकेको छ । वल्र्डोमिटर्सको ताजा अपडेट अनुसार संक्रमितहरुको संख्या ४७ लाख ६० हजार ४९२ पुगेको छ ।
त्यस्तै, यो समाचार तयार पार्दासम्म कोरोना संक्रमितहरुमध्ये १८ लाख ३७ हजार ४२९ जना डिस्चार्ज भइसकेका छन् । हाल विश्वमा २१ लाख ५१ हजार ५६७ वटा कोरोना भाइरसका केसहरु बन्द भइसकेका छन्, भने २६ लाख ८ हजार ९२५ वटा केसहरु सक्रिय छन् ।
कोरोना महामारीका कारण विश्वमा सबै भन्दा बढी अमेरिका प्रभावित बनेको छ । हालसम्म अमेरिकामा ९० हजार २४६ संक्रमितको ज्यान गइसकेको छ । त्यस्तै जम्मा संक्रमितहरुको संख्या १५ लाख १४ हजार १५७ रहेको छ । यसैबीच ३ लाख ४० हजार ६०९ जना संक्रमितहरु निको भइकसेका छन् ।
त्यस्तै, यूकेमा पनि कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३४ हजार ५६६ पुगेको छ, भने संक्रमितहरुको संख्या २ लाख ४० हलार १६१ पुगेको छ ।
यता इटालीमा पनि ज्यान गुमाउनेको संख्या ३१ हजार ९०८ पुगेको छ, भने संक्रमितहरुको संख्या २ लाख २५ हजार ४३५ पुगेको छ ।
स्पेनमा कोरोना संक्रमणका कारण २७ हजार ६५० को ज्यान गइसकेको छ, भने संक्रमितको संख्या २ लाख ७७ हजार ७१९ पुगेको छ ।
त्यस्तै, फ्रान्समा कोरोना संक्रमणकै कारण २७ हजार ६२५ को ज्यान गइसकेको छ । १ लाख ७९ हजार ३६५ संक्रमित पुगेका छन् ।
ब्राजिलमा पनि कोरोनाका कारण १५ हजार ६६८ को ज्यान गइसकेको छ, भने २ लाख ३३ हजार ६४८ संक्रमित पुगेका छन् ।
यसै क्रममा रसिया, जर्मनी, टर्की, इरान, भारत, पेरु, चीन, बेल्जियम, क्यानाडालगायतका देशहरुमा पनि हजारौंले ज्यान गुमाएका छन्, भने लाखौं संक्रमित भएका छन् ।
कोरोना संक्रमणका कारण आजसम्म नेपालमा पनि २ जनाको ज्यान गइसकेको छ, भने संक्रमितको संख्या २९५ पुगेको छ । जसमध्ये ३६ जना निको भइसकेका छन् ।


