चितवनमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता
भरतपुर । भरतपुर महानगरपालिका १६ गणेश मन्दिरनजिक नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई जना युवा बेपत्ता भएका छन् ।
आइतबार साँझ ५ बजेको समयमा नारायणी नदीमा पौडी खेल्ने क्रममा सोही स्थानका २५ वर्षीय प्रविण दवाडी र अर्का २५ वर्षीय विवेक भट्टराई बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
साँझ अबेरसम्म पनि खोजी गर्दा उनीहरु नभेटिएको कार्यालय प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरूङले जानकारी दिए ।