कान कुइए गिरफ्तार
भरतपुर । जिल्ला प्रहरी कार्यालय चितवनले विभिन्न अपराधिक गतिविधिमा संलग्न भएको आरोपमा कान कुइए भनिने अनिल अधिकारीलाई गिरफ्तार गरेको छ । जेठ ४ गते अधिकारी गिरफ्तार भइ डाँका मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
ज्यान मार्ने उद्योग, चोरी, तोडफोड, डाँकाजस्ता घटनामा उनको संलग्नता रहेको चितवन प्रहरीले जनाएको छ ।