रुपन्देहीको क्रीमसन हस्पिटलमा कोरोनाको बिरामि भेटिएपछि अस्पताल शिल
शिव डुम्रे / बुटवल –
गुल्मी मदाने गाउँपालिका २ का ४१ बर्षिय पुरुषमा कोरोना संक्रमण देखिएपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको क्रीमसन अस्पताल पुर्ण शिल गरिएको छ ।
अस्पताल शिल गरिएपछि अस्पताल बाहिर भित्र गर्न दिइएको छैन ।
अन्य रोगका विरामिहरुलाई निकालिएको छ भने कोरोना पोजेटिभ देखिएको बिरामीलाई कोरोना विशेष अस्पताल लैजाने तयारी भैरहेको छ ।
उनी जेठ १ गते ज्याण्डिस रोगको उपचारकालागि गुल्मिबाट बुटवल आएका थिए, उनको क्रीमसन अस्पताल मणिग्रामको भेण्टिलेटरमा रहि उपचार गराईरहेका थिए ।