किटनाशक औषधि छरेर भाइरस निस्क्रिय हुँदैन, स्वास्थ्यमा असर पुग्छ- डब्लुएचओ




काठमाडौं-विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्न भन्दै जतातजै किटनाशक औषधी (डिसइन्फेक्टेन्ट) छर्किन थालेको पाइएसँगै विश्व स्वास्थ्य संगठनले नछर्किन आग्रह गरेको छ ।

भाइरसमुक्त बनाउन जमिन, सडक, भवन, यातायातका साधन, अस्पताल, मानिसले छुने अरू स्थानहरूमा प्रयोग गरिँदै आएको कीटनाशक औषधिले मानिसका लागि झन् हानिकारक हुने भएकाले यसको प्रयोग नगर्न डब्लुएचओले आग्रह गरेको हो ।यसरी किटनाशक स्प्रे गर्दा भाइरस निष्क्रिय नहुने र झन् मानव स्वास्थ्यमा असर गर्ने भएकाले प्रयोग बन्द गर्न डब्लुएचओले आग्रह गरेको हो ।




डब्लुएचओले एक गाइडलाइन जारी गर्दै उक्त स्प्रेले भाइरसलाई कुनै असर नगर्ने जनाएको छ ।कतिपय ठाउँमा मानिसहरूमा पनि डिसइन्फेक्टेन्ट छर्किएको पाइएको छ, तर यसो गर्नु झन् गलत हुने डब्ल्युएचओले जनाएको छ ।

संगठनका अनुसार अहिले प्रयोग गरिएजसरी कीटनाशक औषधि छर्किँदा मानिसको शारीरिक तथा मानसिक स्वास्थ्यमा समेत असर पुग्ने जनाइएको छ ।

फर्माल्डिहाइड, क्लोरिन वा अन्य कुनै पनि रसायनको प्रयोगले नाक, आँखा, छाला पोल्ने, श्वासप्रश्वासमा समस्यामा हुने, पेट वा आन्द्रामा रोग लाग्न सक्ने संगठनले जनाएको छ ।

विश्व स्वास्थ्य संगठनले घरभित्र कीटनाशक औषधिको प्रयोग गर्नुपरे कपडामा भिजाएर पुछ्न सकिने बताएको छ ।



सम्बन्धित
Loading...