हावाहुरीले टेलिफोनको टावर ढाल्यो, दर्जनौं घरको छाना उडायो


रौतहटका विभिन्न स्थानमा मंगलवार बिहान बर्षासंगै आएको हावाहुरीले टेलिफोनको टावर ढल्नुका साथै दर्जनौं घरको छाना उडाएको छ ।



हावाहुरीले ठाउँठाउँमा रुख पनि ढालेको छ । यस्तै पोल ढल्दा विद्युत सेवा अवरुद्ध बनेको छ ।

मंगलवार बिहानै आएको हावाहुुरीले जिल्लाको पूर्वीभेग दुुर्गा भगवती गाँउपालिका १ गंगापिपरा बजारमा रहेको नेपाल टेलिकमको टेलिफोन टावर ढलेको हो ।




एकाबिहानै टेलिफोन टावर ढलेको कारण नेटवर्क नहुँदा दुुर्गाभगवती गाँउपालिकालगायत आसपासका हजारौं मानिसले सञ्चार सम्पर्कको समस्या भोगेका छन् ।

नेटवर्क नभएको कारण फोन सम्पर्कमा समस्या भएको पत्रकार प्रभातकुमार झाले जानकारी दिए ।

हावाहुरीले वडा ३ का देवेन्द्र चौधरीको घरको छाना उडाएको छ । त्यसैगरी हावाहुरीले दुुर्गाभगवती गाँउपालिका वडा १,२,३,४,र ५ मा दर्जनौ घरको छाना उडाउनुुका साथै दर्जनौ रुखढलेको प्रहरीले जनाएको छ ।

हावाहुुरीकै कारण जिल्ला प्रहरी कार्यालय रौतहटको जवान बस्ने ब्यारेक भवनको छाना पनि उडाएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले बताएका छन् ।

हावाहुुरीबाट कुनै मानवीय क्षती नभएको र जिल्लामा भएको अन्य क्षतीबारे बिवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

उता हावाहुरीबाट कटहरिया नगरपालिका र बौधीमाई नगरपालिका स्थित केही बिद्युतको पोल ढलेकाले बिद्युत सेवा अवरुद्ध बनेको छ ।

नेपाल विद्युत प्राधिकरण मौलापुर शाखाका प्रमुख शक्ती साहले ढलेको पोलको ठाँउमा अर्को पोल गाड्ने काम भइरहेकाले बेलुकीसम्म बिद्युत लाइन सुचारु बताएका छन ।



सम्बन्धित
Loading...