सरकारद्वारा सार्वजनिक भयो लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्शा


सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्शा सार्वजनिक गरेको छ ।



बुधबार दिउँसो भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले उक्त नक्शा सार्वजनिक गरेको हो । मन्त्रालयमा आयोजित कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्मा अर्यालले उक्त नक्शा सार्वजनिक गरेकी हुन् ।

यसअघि जेठ ५ गते सोमबार बसेको मन्त्रिपरिषद बैठकले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्शा पारित गर्दै सार्वजनिक गर्ने निर्णय गरेको थियो ।




नयाँ नक्शा सार्वजनिकसँगै नेपालको भूगोलको क्षेत्रफल पनि बढ्ने छ । अहिलेसम्म नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटर रहेकामा अब ३ सय ३५ वर्ग किलोमिटर थपिने छ ।

गत जेठ २ गते सरकारले नीति तथा कार्यक्रम संसदमा पेश गर्दा पनि भारतले अतिक्रमण गरेको लिपुलेक, लिम्पियाधुरा, कालापानीलगायत भूभाग समेटेर नयाँ नक्शा जारी गर्ने घोषणा गरेको थियो ।

यसअघि भारतले नेपालको लिपुलेक हुँदै चीनको मानसरोवर जाने सडक बनाएपछि सर्वत्र आक्रोश चुलिएको थियो । नेपाल सरकारले भारतको उक्त कदमप्रति आपत्ति जनाउँदै कूटनीतिक नोटसमेत पठाएको थियो ।



सम्बन्धित
Loading...