पाल्हिनन्दनले काेराेना राेकथाममा कुनै कसर बाँकी राख्दैन: उपाध्यक्ष पबित्रा काेहार


 



नन्दु यादव –




नवलपरासी । बिश्वब्यापी रुपमा महामारीकाे रुपमा फैलिदै गईरहेकाे काेरना सक्रकमणलाई राेकथाम तथा नियन्त्रण गर्न पाल्हिनन्दन गाउपालिका लागि परेकाे बताईएकाे छ। गाउपालिकाले ब्यवस्थित रुपमा क्वारेन्टाइन सन्चालन गरेकाे गाउपालिकाकी उपाध्यक्ष पबित्रा काेहारले बताए।

भारतबाट आउने नेपाली नागरिहरुलाई सिमाबाट सिधै क्वारेन्टाइनमा ल्याउनकाे लागि एम्बुलेन्स समेत परिचालन गरिएकाे उनले बताईन ।

सिमासँग जाेडिएकाे याे गाउपालिमा अहिले प्रत्येक वडामा क्वारेन्टाइन स्थापना गरिएकाे बताए।

काेराेनालाई नियन्त्रण तथा राेकथाम गर्नकाे लागि गाउपालिकाले कुनै पनि कसर बाकि नराख्ने समेत बताए।

खासगरी भारतमा राेजगारी गर्ने सिलसिलमा पुगेका नेपालीहरु अहिले धमाधम फर्किने अवस्था रहेकाले क्वारेन्टाइनमा बस्नेकाे सख्या बढी हुने अनुमान गरिएकाेले थप सहज ब्यवस्थित गर्नका लागि प्रत्येक वडामा क्वारेन्टाइन काे स्थापना गरिएकाे जानकारी दिए ।

नेपाल सरकार लकडाउन गरेकाे समयदेखि नै गाउपालिकाले समयसमयमा समुदायमा काेराेनाबाट जाेगिने जनचेतना जगाउदै आएकाे र आफुहरु पनि समुदायमा जाँदा राेकथाम उपायबारे जनताहरुलाई जानकारी गराउदै आएकाे काेहारले बताए ।

साथै सिमा नाकामा पनि सुरक्षा ब्यवस्था कडा रुपमा रहेकाे बताए ।

लकडाउनकाे समयमा काेराेनाबाट वचन सबैले लकडाउनकाे पालन गराै ,समयसमयमा साबुनपानीले हात धाेअाैं तथा सेनेटाईजरकाे प्रयाेग गरि आफु बचाै र अरुलाई पनि बचाउनु भन्ने कुरा आमजनतामा पनि आग्रह गरे। गाउपालिका भित्र रहेका अतिबिपन्न परिवाहरुलाई लकडाउनकाे समयमा छाक टार्न गार्हाे भए गाउपालिकाले छाक टार्न ब्यवस्थापन गर्ने समेत बताए।



सम्बन्धित
Loading...