घर अगाडि पार्किङ गरेर राखेको कार चोरी भएपछि…


लकडाउनको समयमा चोरी गर्ने व्यक्तिलाई प्रहरीले कार, मोबाइल तथा नगद सहित पक्राउ गरेको छ।



प्रहरी कैलाली धनगढी उपमहानगरपालिका-१ बसन्तटोल बस्ने १६ वर्षीय नविन सार्कीलाई दुई कारसहित पक्राउ गरेको हो।

प्रहरीले बा. ८ च. २१०० र बा. १४ च. ४७८१ नम्बरका कार, कारबाट १२ हजार ४ सय ७० रुपैयाँ र दुई थान मोबाइल बरामद गरेको हो।




जेठ २ गते राति उपमहानगरपालिका-४ उतरबेहडी बस्ने राजेन्द्र बहादुर मल्लको घर अगाडि सडकमा पार्किङ गरिराखेको बा.८ च.२१०० नम्बरको कार चोरी भएको थियो।

त्यस्तै, जेठ ७ गते बुधबार डेरामा बस्ने रवीन्द्र देव भट्टले घरको आँगनमा राखेको होन्डाई कम्पनीको बा.१४ च. ४७८१ नम्बरको गाडी समेत चोरी भएको थियो।

प्रहरीले उनलाई पक्राउ गरी थप अनुसन्धान थालेको छ।

अनुसन्धानकै क्रममा प्रहरीले उनीविरूद्ध थुप्रै चोरीका मुद्दा दर्ता रहेको बताएको छ।

गत वर्ष उनले काठमाडौंबाट बा ७१ प ७६३८ नम्बरको गाडी र मोटरसाइकल चोरी गरी फरार भएका थिए।



सम्बन्धित
Loading...