एकै पटक २१ जना कोरोना जितेर फर्किए
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगर–८ जोलाहनपुरवाका २१ जना कोरोना संक्रमित कोरोनालाई परास्त गर्दै शुक्रबार घर फर्किएका छन् । उनीहरुलाई भेरी अस्पतालको स्वास्थ्यकर्मी सहितको टिमले अस्पतालबाट फुलको बुके दिएर बिदा गरिएको थियो ।
बाँकेको खजुरा गाउँपालिका स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आईशोलेशन वार्डमा भर्ना भएका कोरोना संक्रमित मध्ये २१ जना शुक्रबार बिहान कोरोनामुक्त भएर घर फर्किएका हुन् । उनीहरु सबै जना जोलाहनपुरवाका हुन ।
उनीहरुलाई अस्पतालाट बिदा गरेपछि कोरोना अस्पतालको व्यवस्थापन सम्हालेका भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले लगातार कोरोना परिक्षण गर्दा रिर्पोट नेगेटिभ आएपछि उनीहरुलाई आईसोलेशनबाट डिस्चार्ज गरिएको जानकारी दिए ।
खजुरामा रहेको कोरोना आईसोलेशन अस्पतालबाट देशमै पहिलोपटक ठूलो संख्यामा कोरोना संक्रमित एकैपटक निको भएर घर फर्किएका हुन । कोरोना जितेर घर फर्किदा उनीहरुमा बेग्लै उत्साह र खुःसी थियो । स्वास्थ्यकर्मीले गम्छा अनि हातमा फुल र कोरोना नेगेटिभ रिर्पोट दिएर अस्पताल परिसरबाट उनीहरुलाई बिदा गरेका थिए ।
सो अवसरमा पहिलो संक्रमित ६० वर्षिय पुरुषलाई भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेण्ड डा. थापाले उनी कोरोना मुक्त भएको रिर्पोट दिदै हातमा फुलको बुके दिदै अस्पतालबाट घरमा पुगेर आउने केही दिन कसरी सहजता अपनाउने तरिका बताएको जानकारी दिए ।
यसरी अस्पतालबाट शुक्रबार घर जानेहरुमा काखे बालकदेखि ६० वर्षका जेष्ठ नागरिक रहेका छन् । हातमा आफ्नो स्वास्थ्यको रिपोर्टसहित फलको बुके गलामा खादा लगायएर प्रसन्न मुद्रामा उनीहरु बाहिरीएका थिए ।
कोरोना संक्रमित भएर उपचारको लागि आईसोलेशन अस्पतालमा भर्ना भएर शुक्रबार डिस्चार्ज भएका एक जनाले आफुहरुको राम्रो हेरचाह भएको करण चाडै कोरोना जितेर घर जान लागेको बताए । उनले घरमा पुगेर पनि सामाजिक दुरी कायम राख्दै केही दिन होम क्वारेन्टाईनमा बस्ने बताए ।कोरोना विशेष अस्पतालमा उपचाररत ती संक्रमितहरुको पुनः परीक्षण गर्दा लागातार २४ घण्टाको सेम्पल झिकेर जाँच गर्दा दुईपटक कोरोना नेगेटिभ भएपछि डिस्चार्ज गरिएको हो ।
उनीहरुलाई डिस्चार्ज गरिएपछि अस्पतालको गेटमै खजुरा गाउपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपति र नेपालगन्ज उपमहानगरका उपमेयर उमा थापामगर, नेकपाका युवा नेता भिम ओलीलगायत पुगेका थिए ।
बाँकेमा गत वैशाख १९ गते पहिलोपटक नेपालगन्ज उपमहानगरपालिकाका ६० वर्षिय बृद्धमा कोरोना पोजेटिभ पाइएको थियो । यसरी शुक्रबार डिस्चार्ज हुनेमा बाँक ेकै पहिलो संक्रमित ६० वर्षिय बृद्ध बैशाख १९ गते र अन्य बैशाख २१ गते कोरोना संक्रमणको पुष्टि भएको थियो । पहिलो संक्रमित ६० वर्षिय जेष्ठनागरिक सहित २१ जनाले कोरोनालाई जितेर २० दिनपछि घर फर्किएका छन् ।
बांकेमा संक्रमित संख्या १०१ मध्ये २१ जना कोरोना भाइरसको संक्रमणलाई जितेर घर फर्किएका हुन । नरैनापुरका एक युबाको भने कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।
