सिमामा अलपत्र परेका १७ नेपालीलाई आज राति नवलपुर ल्याइयो
नवलपरासी, ९ जेठ ।
नेपाल भारत सिमा क्षेत्रमा अलपत्र परेको पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिकाका १४ जना सहित १७ जनालाई आज राति नवलपुर ल्याइएको छ ।
स्थानीय तह र प्रशासनको समन्वयमा ति १७ जनालाई नवलपुर ल्याइएको हो । उनीहरु अहिले कावासोती छन् । उनीहरुलाई सम्बन्धित पालिकाको क्वारेन्टाइनमा पुर्याउने तयारी भईरहेको जनाइएको छ ।
१७ जना मध्ये एक जना गैडाकोट, एक जना हुप्सेकोट र एक जना बुलिङटारका रहेका छन् ।
आज राति नै थप केही जनालाई सिमा क्षेत्रबाट उद्दार गरेर नवलपुर ल्याउने तयारी भईरहेको छ ।
