सोमबारसम्म हुरीबतास चल्ने जल तथा मौसम पूर्वानुमान महाशाखाको पूर्वानुमान
काठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखाले सोमबारसम्म हुरीबतास चल्ने पूर्वानुमान गरेको छ ।
महाशाखाले सोमबारसम्मको पूर्वानुमान गर्दै जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा आज, भोली र पर्सी (सोमबार) सम्म नै हावाहुरी चल्ने पूर्वानुमान गरिएको छ ।
महाशाखाका अनुसार बंगाल खाडीबाट सक्रिय भएको अंपुन चक्रवात कमजोर भइ न्यून चापीय प्रणालीको रूपमा रहे पनि त्यसले पूर्वी भेगमा आंशिक प्रभाव पारेको छ ।
आज दिउँसो देशका पश्चिमी पहाडी भू-भाग लगायत मध्य तथा पूर्वी भू-भागहरुमा सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।
