पश्चिम नवलपरासी : संक्रमित उपचार सेवाबाट बन्चित ,आईसोलेशन नहुँदा बिचल्ली
-हरि शर्मा
परासी : आइसोलेसन नहुँदा पश्चिम नवलपरासी जिल्लाका दुई संक्रमित दुई दिनदेखि क्वारेन्टाइनमै बस्न बाध्य छन् । स्थानीय तह र प्रदेश सरकार कसैले पनि उनीहरुलाई आइसोलेसनमा पठाउन वास्ता गरेको छैन । उनीहरु संक्रमितले पाउने उपचार सेवाबाट समेत वञ्चित छन् । संक्रमित भएको जानकारी पाएका उनीहरुलाई थप उपचारका लागि आइसोलेसनमा नपठाउँदा उनीहरु मानसिक रुपमा त्रसित हुन थालेका छन् । नगरपालिकाले आइसोलेसन निर्माण गर्ने जिम्मेवारी प्रदेश सरकारको भएकाले आफूहरुले बनाउन नसक्ने जनाएपछि संक्रमित बिचिल्लीमा परेका हुन् ।

शुक्रबार बिहान जिल्लामा थप ३ जना संक्रमित देखिएका थिए । तिमध्ये रामग्राम नगरपालिकामा देखिएका दुई संक्रमितलाई क्वारेन्टाइनमै राखिएको छ । सुस्ता गाउँपालिकामा देखिएका संक्रमितलाई भने गाउँपालिकाले भीम अस्पताल भैरहवाको आइसोलेसनमा पठाएको छ । दुई जनालाई रामग्राम नगरपालिकाको परासीस्थित आदर्श माविको क्वारेन्टाइनमा उनीहरुलाई राखिएको छ । संक्रमितलाई राखिएपछि शुक्रबार राति क्वारेन्टाइनमा राखिएका अन्यले संक्रमण फैलिने भन्दै अन्यन्त्र लैजानु पर्ने माग राखेर नाराबाजी गरेका थिए । उनीहरुलाई छुट्टै कोठामा राखिएको नगरपालिकाले जनाएको छ । क्वारेन्टाइनमा संक्रमितसहित ३२ जना छन् । बुटवल र भैरहवामा आइसोलेसन खाली नभएकाले पठाउन नसकिएको बताइएको छ ।
“तराईका जिल्लामा २ सय पहाडमा ५० बेडको आइसोलेसन बनाउने प्रदेश सरकारले नीतिगत निर्णय गरेको छ । हाम्रो जिम्मेवारीमा पर्दैन । त्यसको व्यवस्थापन गर्न हामी सक्दैनौं ।” रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र कुमार गुप्ताले भने । दुई दिनदेखि क्वारेन्टाइनमा रहेका संक्रमितलाई प्रदेश सरकारले नै लगेर व्यवस्थापन गर्नुपर्ने उनको तर्क छ । क्वारेन्टाइनमा राखेका कारण अन्य व्यक्तिहरु त्रसित बनेको र अन्यन्त्र लैजानु पर्ने माग राख्न थालेको गुप्ताले बताए । आइसोलेसन नभएकाले संक्रमितको जिम्मा आफूहरुले नलिने नगरप्रमुख गुप्ताको भनाई छ । “हामी जिम्मेवारीबाट पन्छिन खोजेका होईनौ । जसरी प्रदेश सरकारले क्वारेन्टाइन बनाउन भन्यौ हामीले बनायौं, त्यसैगरी लिखित रुपमा आइसोलेसन व्यवस्थापनका लागि पनि पत्रचार गर्नुप¥यो । लेखेर पनि नदिने व्यवस्थापन पनि नगर्ने ? प्रदेश सरकार आफ्नो दायित्वबाट पन्छिन खोजेको छ । ” उनको आरोप छ । संघ र प्रदेश सरकारले हात उठाए आफूहरुले आइसोलेसन बनाउने तर त्यसका लागि आवश्यक पर्ने जनशक्ति र सुरक्षाको जिम्मा संघ र प्रदेशले उपलब्ध गराउनु पर्ने उनको भनाई छ । जिल्लामा संक्रमितको संख्या ५ पुगेको छ ।
जिल्लामा आइसोलेसन नभएकाले अन्य तीन जनालाई भीम अस्पताल भैरहवामा पठाइएको छ । उनीहरु सबै भारतबाट आएका हुन् । शनिबार बिहानसम्म क्वारेन्टाइनमा बस्नेको संख्या ८ सय ३८ रहेको स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले जानकारी दिए । जिल्लामा अहिले पनि भारतबाट आउनेको संख्या बढ्दो छ ।