नेपाल भारत सीमामा अलपत्र परेका १४ जनालाई नवलपुर ल्याइयो




नवलपरासी, ११ जेठ । कोरोना संक्रमणका कारण सीमा बन्द हुँदा घर आउँन नपाएर अलपत्र परेका नवलपुरका १४ जनालाई गएराति उद्दार गरी नवलपुर ल्याइएको छ ।
कावासोतीका ११ र हुप्सेकोटका ३ जना गरी १४ जनालाई उद्दार गरी ल्याइएको हो ।
कावासोती नगरपालिकाका उपप्रमुख प्रेम शंकर मर्दनियाले कावासोती १० का ७ जना, कावासोती १५ का १ जना, कावासोती १३ का १ जना र कावासोती १२ का २ जना गरी ११ जनालाई उद्दार गरी ल्याइएको बताए ।
उनीहरुलाई क्वारेन्टाइनमा राखिएको र तत्काल पिसिआर पीसिआर परिक्षण गरी कोरोना भारइरस नेगेटिभ आए मात्र घर पठाइने बताए ।
त्यस्तै हुप्सेकोटका ३ जना नेपाल शान्ति माविको क्वारेन्टाइनमा राखिएको छ ।



सम्बन्धित
Loading...