कावासोतीको साँढ लगायतका क्षेत्रमा बदेल आतंक, मकै खाइदिएपछि किसान मारमा



कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिकाको साँढ, लौखानी, ट्यांगी लगायतका क्षेत्रमा बदेलले आतंक मच्चाएको छ ।
स्थानीय बासिन्दा सदानन्द जैसीका अनुसार बदेलले कावासोतीको साँढ, लौखानी, ट्यांग्री लगायतको क्षेत्रमा बदेलले मकै खाएर नष्ट पारिदिएको छ ।
यहाँ २५/३० घरको मकैबाली नष्ट गरिदिएका छन् । पाक्न लागेको मकैको बोटहरु ढालेर मकै खाइदिने र नयाँ मकैको बोटहरु उखेलेर फालि दिने गरेको छ ।
रातको समयमा अत्यधिक मात्रामा बदेल आउने गरेका कारण धपाउन जान समेत डर भएको जैसीले बताए ।
करिब २५ विगाहा क्षेत्रको मकै बदेलले नष्ट गरिदिएको उनले बताए । निकुञ्जले यस अघि पनि जंगली जनवारका कारण भएको बालीको क्षतिको क्षतिपूर्ति दिने जनाउँदै आएको भए पनि निकुञ्जले क्षतिपूर्ति नदिएको समेत स्थानीयले गुनासो गरेका छन् ।



सम्बन्धित
Loading...