नवलपरासीको सिमा क्षेत्रका क्वारेन्टाईन भरिभराउ




गोपी ज्ञवाली ।
नवलपरासी, ११ जेठ । भारतबाट प्रवासी नेपालीहरुलाई भारतले सिमाना सम्म पठाई दिए पछि अहिले नवलपरासीको सिमा क्षेत्रमा बनाईएका क्वारेन्टाईनहरु भरिभराउ बनेका छन ।
पछ्रिल्लो हप्ता देखी भारत सरकारले भारतका विभिन्न स्थानमा रहेका नेपालीहरुलाई रेल मार्फत नेपाली सिमाना सम्म पुर्याएर छाडदिन थाले पछि नवलपरासीका सिमामा रहेका गाउँपालिकाहरुका क्वारेन्टाईनहरु भरिभराउ बनेका पाल्हीनन्दन गाउँपालिकाका प्रमखु बैजु प्रसाद गुप्ता दिपकले बताएका छन ।
पश्चिम नवलपरासीका भारतीय सिमानासंग जोडिएर रहेका पाल्हीनन्दन गाउँपालिका, सुस्ता, सरावल सहित जिल्लाको सदरमुकाम रामग्राम नगरपालिका लगाएतमा समेत बनाईएका क्वारेन्टाईनहरु अहिले भरिभराउ बनेका छन भने कतिपय क्वारेन्टाईनमा ब्यवस्थापन अस्तब्यात बन्दै गएका छन ।
सिमानामा रहेका गाउँपलिकाहरुमा करिब सबै वडाहरुमा रहेका विद्यालयहरुमा क्वारेन्टाईन बनाइए्को छ । ती क्वारेन्टाईनमा मनिसहरु क्षमता भन्दा बडि नै मानिसहरुको चाप रहेको छ भने भारतीय नाकामा नेपाल आउन खोजने प्रवासीहरुको सयौंको संख्या अलपत्र अवश्थामा रहेका छन । पाल्हिनन्दन गाउँपालिकाका विभिन्न क्वारेन्टाईनमा क्षमता भन्दा कयौ गुन बडि मानिसहरुको उपस्थिती रहेकाले क्वारेन्टाईन ब्यावस्थापनमा समस्या हुदै गएको पाल्हिीनन्दन गाउँपालिकाका विपद ब्यावस्थापन समितीका फोकल पर्सन प्रदिप कुमार तिवारीले बताएका छन ।
किटको अभावमा क्वारेन्टाईनमा बसेर १४ दिन पुरा गरि सकेका दर्जनौंको संख्यामा मानिसहरु क्वारेन्टाईनमा फसेका छ भने उनीहरुको कोरोना परिक्षण हुन सकेको छ्ैन । सरकारले लापवाही गरी क्वारेन्टाईनमा निश्चित अवधी पुरा गरि सकेका मानिसहरुको समयमा कोरोनामा जाच हुन नसक्दा क्वारेन्टाईनबाट मानिसहरु भाग्न सक्ने सम्भावन बढदै गएको स्रोतले जनाएको छ ।



सम्बन्धित
Loading...