चितवन जिल्ला अदालतले शुरु गर्‍यो भिडियो कन्फ्रेन्सिङ सेवा




चितवन । चितवन जिल्ला अदालतले भिडियो कन्फ्रेन्सिङ सेवाको सुरुवात गरेको छ । जिल्ला अदालत चितवनले आजबाट भिडियो कन्फ्रेन्सिङमार्फत् जिल्ला प्रहरी कार्यालय चितवन र मातहतका प्रहरी कार्यालयहरुको हिरासतमा रहेका थुनुवाहरुको म्यादथप र कलडिटेल अनुमती दिने कामको शुरुवात गरेको हो ।

कन्फ्रेन्सिङको शुरुवात गर्दै अदालतका न्यायाधीश हेमन्त रावलले जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख नान्तीराज गुरूङसँग हिरासतमा रहेकाहरुको जानकारी लिएका हुन् । त्यस्तै कारागार कार्यालय भरतपुर चितवनका कैदी बन्दीहरुसग पनि कारागारका बारेमा न्यायाधीश रावलले जानकारी लिएका छन् ।




सो अबसरमा बिभिन्न ७ मुद्दाका ९ जना अभियुक्तहरुसँग आबस्यक सोधपुछ गरी उनीहरुलाई अनुसन्धानका लागी थप अबधि प्रहरी हिरासतमा राख्न सम्बन्धित अनुसन्धान अधिकारीलाई अनुमती (Jyducial Remand) प्रदान गरिएको थियो ।



सम्बन्धित
Loading...