नेपाल भारत सिमामा अलपत्र परेका पूर्वी नवलपरासीका ५८ जनालाई उद्दार गरी नवलपुर ल्याइयो
नवलपरासी, १२ जेठ ।
पूर्वी नवलपरासीका नेपाल भारत सीमा क्षेत्रमा अलपत्र परेका ५८ जनलाई उद्दार गरी सोमबार गृह जिल्ला नवलपुर ल्याइएको छ ।
हुप्सेकोटका ३९ जना, देवचुलीका ३ जना, कावासोतीका ५ जना, बौदीकालीका ८ जना र बुलिङ्गटारका ४ जना गरी ५८ जनालाई नवलपुर ल्याइएको हो । उनीहरुलाई सम्बन्धित स्थानीय तहको क्वारेन्टाइनमा सुरक्षित राखिएको छ ।
उनीहरुको पिसिआर परीक्षण गरी नेगेटिभ आएको खण्डमा मात्र घर पठाइने जिल्ला जनस्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।
