नवलपरासीका सीमा क्षेत्रका क्वारेन्टाइन अस्तव्यस्त बन्दै




गोपी ज्ञवाली ।
नवलपरासी, १३ जेठ । लगातार भारतबाट प्रवासी नेपालीहरुको आउने क्रम नरोकिए पछि पश्चिम नवलपरासीका सिमा क्षेत्रमा बनाईएका क्वारेन्टाईनहरु अस्तब्यास्त बन्न थालेका छन ।
पछ्रिल्लो हप्ता देखी भारत सरकारले भारतका विभिन्न स्थानमा रहेका नेपालीहरुलाई रेल मार्फत नेपाली सिमाना सम्म पुर्याएर छाडदिन थाले पछि नवलपरासीका सिमामा रहेका गाउँपालिकाहरुका क्वारेन्टाईनहरुको ब्यवस्थापनमा समस्य आउन थालेको छ ।
पश्चिम नवलपरासीका भारतीय सिमानासंग जोडिएर रहेका पाल्हीनन्दन गाउँपालिका, रामग्राम नगरपालिका, सुस्ता, सरावल गाउँपालिकाहरुमा क्षमता भन्दा बडि मानिसहरुको उपस्थितीले क्वारेन्टाईन ब्यवस्थापनमा अस्तब्यास्त हुन थालेको रामग्राम नगरपालिका प्रमुख नरेन्द्र गुप्ताले बताएका छन ।
गाउँपालिका वार्ड नम्बर २ हरपुर माध्यामिक विद्यालयमा बनाईएको क्वारेन्टाईनमा ५० जनाको क्षमता भएकोमा अहिले क्षमता भन्दा बडि ८७ जना मानिसहरुलाई राखीएको छ । छ वटा वडाहरु रहेको पाल्हीनन्दन गाउँपालिकाका सबै वडाहरुमा रहेका विद्यालयहरु सबै क्वारेन्टाईनमा परिणत भएका छन भने पाल्हीनन्दन गा्उँपालिकाका सबै जसो क्वारेन्टाईनमा क्षमता भन्दा बडि मानिसहरु रहेको पाल्हीनन्दन गाउँपालिकाका प्रमखु बैजु प्रसाद गुप्ता दिपकले बताएका छन ।
कोरोना परिक्षणमा आवश्यक पर्ने किटको अभाव भएका कारण यी क्वारेन्टाईनमा बसेका र १४ दिन पार गरि सकेका पाँच दर्जन भन्दा बडि मानिसहरु परिक्षणको अभावमा घर जान नपाएको गाउँपालिकाले जनाएको छ ।
नवलपरासीको भारतीय नाकाबाट नेपाल आउन खोजने प्रवासीहरुको सयौंको संख्या दिनदिनै बढदै गएका कारण क्वारेन्टाईनमा बस्ने मानिसहरुको न्युन्तम आवश्यकता पुरा गर्न र सामाजिक दुरि र सामाजिक अनुसाशन पालना गराउने ठुलो सम्स्या बन्दै गएको सरावल गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध पौडेलले बताए ।
सरकारको लापर्वाहीका कारण क्वारेन्टाईनमा निश्चित अवधी पुरा गरि सकेका मानिसहरुको समयमा कोरोनामा जाच हुन नसक्दा क्वारेन्टाईनबाट मानिसहरु भाग्न सक्ने सम्भावन बढदै गएको स्रोतले जनाएको छ । सिमा क्षेत्रका गाउँपालिकाहरुमा भारतबाट आउने प्रवासी नेपालीहरुमा नवलपरासीका विभिन्न पालिकाका बाहेक देशका अन्य जिल्लाका समेत मानिसहरु दर्जनौंको संख्यामा रहेको बताईएको छ ।



सम्बन्धित
Loading...