गणतन्त्र दिवस र वर्तमान अवस्था
– राम तामाङ –
नेपालमा अहिले युद्ध छैन, शान्ति पनि छैन । शान्ति कागजमा छ मान्छेको मनमा छैन । राणात्रन्त्रबाट राजतन्त्र हुदै गणतन्त्र आइसक्यो र आएको एक दशक बढीपनि भैसक्यो । सार्वभौमसत्ता र राज्यसत्ताले सम्पन्न नागरिकहरुका मनमा धेरै अपेक्षा छन् तर राज्यसत्तामा जुन जोगी आए पनि कानै चिरेको, जनअपेक्षाको संधैजसो उपेक्षा हुंदैआएको छ ।
शदीयौं देखि उपेक्षामा पारिएकाको बोली पूmट्न थालेको छ तर राज्यले गोलीको बोली अलिकति सुनेजस्तो गरेपनि बोलीको गोली सुन्न थालेको छैन । सर्वदलिय बैठक बसेर सर्वसहमतीमा कथित नयाँ नक्सा पास गरौ भनेतापनि टरिसकेको छ, राज्यबाट कुनैपनि जायज मागहरुको इमान्दारी पुर्वक सुनुवाई हुनसकेको छैन ।
त्यसैले युद्धोत्तर विकास र समृद्धिवारे बहस शुरु हुन लाग्दा पहिचान का मुद्ध र देशमा विद्यामान जातिय विभेद लगायत, लैङ्गिक, वर्गीय, क्षेत्रिय, अपाङ्ग, दलित, अल्पसंख्यक मुस्लीम समुदायमाथि सबै खाले विभेदको अन्त्य गरी स्थायी शान्ति स्थापना गरेर देशको दिगो आर्थिक विकासका लागि आम नेपालीे नागरिकले दिएको अभिमतको उपहास गरेको जस्तो देखिन्छ । बहुदलीय भनीएपनि निर्णायक नेतृत्वमा एकखाले समुदायको मात्र बर्चश्व देखिन्छ ।
अहिले लोकतन्त्र राजनैतिक मौजा र विर्ता जस्तै लाग्छ जहां प्रमुख राजनैतिक दलका शिर्षस्थ नेताले बालुवाटारभीत्र गर्ने निर्णय सबैले मान्न बाध्य हुनपर्ने परिस्थिति विद्यमान छ । मधेसमा आगोलागेपछि संघात्मकतालाई गोलमटोल भाषामा स्वीकार गरेजस्तो देखिन्छ तर आत्मनिर्णयको अधिकार सहित जातीय, भािषक र क्षेत्रगत स्वायत्ततासहितको संघात्मकतालाई राजनैतिक मौजावालहरुले स्वीकारगर्न नचाहेको देखिन्छ ।
शान्ति सम्झौता, अन्तरिम सम्बिधान, संविधान सभा निर्वाचन, नेपालको संविधान २०७२ जारी, राष्ट्रिय, प्रतिनिधि, प्रदेश सभा र स्थानिय निर्वाचन पद्धती र प्रतिनीधित्व सबैमा ब्राम्हणवाद, पितृसत्ता, पहाडीया एकाधिकारवाद र यथास्थितीको निरन्तरता देखिन्छ । राजनैतिक दलहरु आफै जातीय, लैंगिक र क्षेत्रगत आधारमा समानुपातिक र आन्तरिकरुपमा लोकतान्त्रिक नभएसम्म, हरेक निर्वाचन पद्धती कम्तीमा पनि जातीय, क्षेत्र र लिंगका आधारमा पूर्णरुपमा समानुपातिक नभएसम्म, र दलको प्रतिनिधिहरु आदिवासी जनजाति, दलित, मधेसी र महिलाका सवालमा जसको सवाल उसैको नेतृत्व नदिएसम्म उनीहरुको आन्दोलन मत्थरहुने छैन र देखिदैन ।
विश्वव्यापी रुपमा आर्थिक असमानता तीब्र रुपमा वढ्दैछ । नेपालको धनीर गरीब बीचको दुरी देखाउने गिन्नी कोफिसियन्ट को मात्रा बढ्दै गइरहेकोछ,, मानव विकास सुचकांकमा नेपाल १४७ औ स्थानमा, ट्रान्सपरेन्सिीको भ्रष्टचार ईन्डेक्समा ११३, प्रतिव्यक्ति आय ३३१८ देखिन्छ यो विगत वर्षकोभन्दा केही प्रगतिउन्मुख भएतापनि सन्तोषजनक देखिदैन यसअर्थमा गणतन्त्र आगमन पश्चातपनि लोकतन्त्रका नाममा संगठित एकात्मकवादी, सामान्ती र पितृसत्तावादीहरुकै निरन्तरता र दवदवाहा देखिएकोले हाल नेपाली समुदायले राजतन्त्र र गणतन्त्र विच तात्विक भिन्नता महसुश गर्न सकिरहेको पाइदैन यसर्थ नेपाली राजनीतिज्ञहरु र सरकारका नेतृत्वकर्ताहरुले सुझबुझका साथ गणतन्त्र प्राप्तिको भावनालाई समता, समानता, पहिचान, अधिकार, समावेशीसमानुपातिक, शुसाशन, समृद्धि र देश विकामा अभिव्यक्त गरोस भन्ने शुभकामना सहित सवै नेपालीजनामा गणतन्त्रको शुभकामना व्यक्त गर्दछु ।

