बजेट भाषण अपडेटः दिवा खाजा कार्यक्रम देशभर लागू गर्ने घोषणा




काठमाडौं- सरकारले आगामी आर्थिक वर्षदेखि देशभरका सबै विदालयमा दिवा खाजा कार्यक्रम लागू गर्ने घोषणा गरेको छ ।

अहिले ४० वटा जिल्लामा लागू रहेको दिवा खाजा कार्यक्रमलाई सरकारले विस्तार गरेको हो ।




कैलालीको गेटा मेडिकल कलेजलाई सिकलसेल रोगको उपचार केन्द्र बनाउने समेत सरकारले घोषणा गरेको छ । त्यस्तै आगामी आर्थिक वर्षमा सरकारले १ हजार ८ सय स्कूल बनाउने र कम्प्युटर ल्याव स्थापना गर्ने घोषणा पनि गरेको छ ।

सरकारले विज्ञान क्षेत्रमा १ खर्बभन्दा बढि विनियोजन गर्ने घोषणा समेत गरेको छ ।

सरकारले निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउन २ अर्ब ७६ करोड विनियोजन गरेको छ ।

विश्व विद्यालय अनुदान आयोगमार्फत दिइने अनुदानका लागि १७ अर्ब ४३ करोड, मदनभण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको पूर्वाधार निर्माण र शैक्षिक कार्यक्रम सुरु गर्न १ अर्ब २५ करोड विनियोजन गरिएको छ ।



सम्बन्धित
Loading...