पश्चिम नवलपरासीको पाल्हीनन्दनमा थप दुई जनामा आरडिटि पोजेटिभ


पश्चिम नवलपरासीको पाल्हीनन्दनमा थप दुई जनामा र्यापिड डाईग्नोष्टिक टेष्ट आरडिटि पोजेटिभ देखिएको छ । हरपुर मा.वि.मा रहेको क्वारेन्टाईनमा रहेका १३ जनाको र्यापिड टेष्ट गर्ने क्रममा थप दुई जनामा आरडिटि पोजेटिभ देखिएको हो ।



यसअघि पनि सोहि स्थानकै क्वारेन्टाईनमा रहेका एक पुरुषमा र्यापिड टेष्टका क्रममा पोजेटिभ देखिएको थियो । पोजेटिभ देखिएका दुवै जनाको स्वाब संकलन गरि शुक्रबार पिसिआर परिक्षणका लागी पठाईने जिल्ला स्वास्थ कार्यालय पश्चिम नवलपरासीका प्रमुख गौरब ढकालले जानकारी दिए।



सम्बन्धित
Loading...