शनिबार विनयी त्रिवेणीमा २५ जनको स्वाब संकलन




नवलपरासी, १७ जेठ । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकामा शनिबार २५ जनाको स्वाब संकलन गरिएको छ ।
विनयी त्रिवेणीमा यस अघि २० जनाको स्वाब संकलन गरिएकोमा १ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको थियो भने १९ जनामा नेगेटिभ देखिएको थियो ।
जिल्ला जनस्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईका अनुसार विनयी त्रिवेणीमा २२ जना पुरुष र ३ जना महिला गरी २५ जनाको स्वाब संकलन गरिएको हो ।
ति मध्ये भारतको दिल्लीबाट आएका ८ जना, सिलिगुडीबाट आएका १ जना, हरिद्वारबाट आएका १ जना र महाराष्ट्रबाट आएका ६ जना छन् भने नेपालका अन्य जिल्लाबाट आएका ९ जना रहेका छन् ।
२५ जनाको स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि भरतपुर पठाइएको छ ।
त्यसैगरी आइतबार मध्यविन्दु नगरपालिका र गैडाकोट नगरपालिकामा स्वाब संकलन गरिने र त्यसपछि बुलिङटार र बौदीकालीमा स्वाब संकलन गरिने योजना रहेको चापागाईले बताए ।



सम्बन्धित
Loading...